१९.३ प्रतिशतले बढेर ११ महिनामा १३ खर्ब २७ अर्ब आयो रेमिट्यान्स, ४ लाख २२ हजारले लिए श्रम स्वीकृति
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार १७:२८:२३
२६ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वर्षको जेठ मसान्तसम्मको तुलनामा १९.३ प्रतिशतले वृद्धि भएको हो ।
गत वर्षको जेठ मसान्तसम्म रेमिट्यान्स आप्रवाह २२.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत र नयाँ गरी अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख २२ हजार ९३६ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ रहेको राष्ट्र बैंकले जनाएको छ ।
११ महिनामा रेमिट्यान्स आप्रवाह १९.३ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.३ प्रतिशतले वृद्धि भई ९ अर्ब ९८ करोड पुगेको हो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४२२,९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २६२,७०५ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार