त्रिभुवन विश्वविद्यालयमा संस्कृति पढ्ने विद्यार्थीलाई छात्रवृत्ति
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार २१:२९:४५
२६ असार, कीर्तिपुर । संस्कृति अध्ययन तथा अनुसन्धान परिषद् नेपालले त्रिभुवन विश्वविद्यालयको संस्कृति केन्द्रीय विभागमा स्नातकोत्तर अध्ययनरत दुईजना विद्यार्थीलाई चारै सेमिस्टरका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।
यहाँ अध्ययनरत दुई विद्यार्थीलाई स्नातकोत्तर तह अध्ययन गरुञ्जेलको शुल्क बराबर रु ३७ हजार रकम छात्रवृत्ति प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ लोकगायक बमबहादुर कार्कीले जानकारी दिए । मङ्गलबार छात्रवृत्ति रकमको चेक त्रिवि संस्कृति विभाग प्रमुख डा महेशकुमार आचार्यलाई हस्तान्तरण गरिएको पनि उनले बताए ।
छात्रवृत्ति संस्कृति विषयमा स्नातक तहमा सर्वाधिक अङ्कका साथ उत्तीर्ण भएका प्रमिला बोहरा र श्यामकुमार बोहरालाई प्रदान गरिने छ । प्रतिष्ठानका अध्यक्ष कार्कीले सांस्कृतिक कर्मलाई त्रिविको संस्कृति विषयका प्राज्ञिक कर्मसँग जोड्न छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी दिए ।
विभागीय प्रमुख डा आचार्यले समाजको अनुहार मानिने संस्कृति विषय पठनपाठनमा छात्रवृत्तिले थप आकर्षण बढाउने बताए । उनका अनुसार विभागअन्तर्गत हाल ४० जना विद्यार्थी स्नातकोत्तर तहमा अध्ययनरत छन् भने करिब ५० जनाले विद्यावारिधि गरिरहेका छन् । विभागले अहिले स्नातकोत्तर तहका उत्कृष्ट शोधार्थीलाई बालकृष्ण रिजाल स्मृति छात्रवृत्तिसमेत प्रदान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० भन्दा बढीको मृत्यु
माघ १, २०८१ मंगलबार
वाईल्ड लाईफ फोटोग्राफर शेर्पालाई झण्डा ओडाएर सम्मानसहित गरियो अन्तिम बिदाइ
माघ २, २०८१ बुधबार
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री ओली
माघ २, २०८१ बुधबार
तोरी फुलेर मनमोहक बनेको रत्नेचौर
माघ २, २०८१ बुधबार
बलम्बुस्थित 'बहुप्राविधिक शिक्षालय’को प्रयोगशाला
माघ २, २०८१ बुधबार
मधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
बाँकेमा चिसोले जनजीवन प्रभावित
माघ २, २०८१ बुधबार