नयाँ भर्ना भएका सेनाको आधार तालिम सम्पन्न
नेपालबहस संवाददाता
असार २६, २०८१ बुधबार २१:४२:४२
२६ असार, काठमाडौं । नेपाली सेनामा भर्ना भएका सात सय ५४ महिलासहित तीन हजार आठ सय ८७ जनशक्तिले सैन्य आधार तालिम पूरा गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले देशका विभिन्न २६ स्थानमा गत भदौ ३ गतेदेखि सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको जनाएको हो ।
तालिम समापनका अवसरमा सैन्य जवानलाई अन्तिम दलेल कवाज प्रदर्शनीसगै दीक्षित गरिएको थियो । यसैबीच, सैन्य तालिम केन्द्र त्रिशूलीमा बलाधिकृतरथी अशोक सिग्देलले सैन्यद्वारा प्रस्तुत कवाज निरीक्षण गर्नुका साथै उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरेका थिए ।
त्यस अवसरमा उनले नेपाली सेनाको मूल्यमान्यता र परम्परालाई पालना गर्दै राष्ट्र, जनता र संस्थाप्रति समर्पित रही इमान्दार र अनुशासित भई जस्तोसुकै परिस्थितिमा पनि अविचलित रूपमा काम गर्न निर्देशन दिए ।
“राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षण र जगेर्नाका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गर्दै राष्ट्र र जनताको सेवाका लागि सदैव समर्पित रहनुस्”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार
नेपाल–भारत सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने
पुष १४, २०८१ आइतबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
भुकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
पुष २३, २०८१ मंगलबार
बाह्य सहयोग बढाउन अर्थ मन्त्रालयले तयार पार्यो प्रगतिशील विकास सहायता नीतिको मस्यौदा
पुष २३, २०८१ मंगलबार
भूकम्पपछि उद्धार र राहतमा जुट्न चिनियाँ राष्ट्रपति सी चिनफिङको अपिल
पुष २३, २०८१ मंगलबार