अख्तियारले अनुसन्धान गरिरहेको नेपाल टेलिकमको विलिङ सिष्टमको ठेक्का प्रकरणमा फेरी चलखेल
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १२:७:५२
२७ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ सिष्टमको ठेक्का प्रकरणमा अनुसन्धान गरिरहेका बेला टेन्डर आह्वान भइसकेपछि पनि लागत फेरि बढाउन चलखेल भइरहेको छ । लागत बढाउनकै लागि बिलिङ प्रणाली उपलब्ध गराउने विदेशी कम्पनीका नेपालस्थित एजेन्टहरूले लागत बढाउनकै लागि अहिलेको टेन्डर प्रक्रिया नै रद्द गराउन लागिपरेको स्रोतको दावी छ ।
एनसेल लगायतका निजी क्षेत्रबाट प्रतिस्पर्धामा रहेका कम्पनीहरूले राम्रो आय आर्जन गरिरहेका बेला विलिङ प्रणालीका कारण कम्पनीलाई बर्सेनि अर्बौं नोक्सानी हुने गरेको छ । तर टेलिकमका कर्मचारीहरुकै मिलेमतोमा मर्मत सम्भारकै नाममा अर्बौंको ठेक्का लगाएर नयाँ प्रणाली खरिदलाई टार्दै आएका यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारी ठहर भइसकेका छन् ।
पौडेल निलम्बनमा परेकै अवस्थामा कायममुकायम प्रबन्ध निर्देशक संगीता पहाडीले बिलिङको टेन्डर अगाडि बढाएकी थिइन् । अख्तियारले समेत अघि नबढाउनु भनेको बेला टेण्डर प्रकृया अघि बढाइएको थियो । टेन्डर अहिले पनि प्रक्रियामै रहेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको अध्ययनले पनि तत्काल नयाँ बिलिङ प्रणाली जडान गर्न सिफारिस गरेको थियो । विभिन्न अध्ययन तथा अवस्थाले नयाँ बिलिङ प्रणाली राख्नुपर्ने भन्दै टेलिकमले टेन्डर आह्वान गरेको थियो ।
कम्पनीले नयाँ बिलिङ प्रणालीका लागि गरिएको टेन्डरबाट राम्रा कम्पनी आउन नसक्ने भन्दै विदेशी कम्पनीका एजेन्टहरूले लबिङ बढाएका छन् । यसमा मुख्य कम्पनीमा नेटक्रयाकर भन्ने कम्पनी रहेको छ । बिलिङ तथा अन्य अफिस म्यानेजमेन्ट प्रणालीको विकासमा काम गर्दै आएको यो कम्पनीका प्रतिनिधि अहिलेको टेन्डर रोक्न तीब्र लबिङमा छन् । त्यस्तै सीएसजीआई भन्ने कम्पनीका एजेन्ट पनि रोक्ने लबिङमा छन् । अहिले टेन्डर गर्दा पहिले परामर्शदाताबाट प्राप्त दस्तावेजकै आधारमा टेन्डर गरिएको र यसबाट मूल्य तथा लागत न्यून अनुमान गरिएको भन्दै उनीहरूले लागत बढाउन लबिङ गरेको स्रोतको दावी छ ।
लागत बढाउने दौडधुपमा रहेका विचौलियाहरूको नजर एमडी नियुक्तिमा पनि परेको छ । उनीहरूले आफू अनुकूल एमडी ल्याउनका लागि तीब्र लबिङ बढाएका छन् । सरकार अल्पमतमा परे पनि एमडी नियुक्तिको प्रक्रिया भने तीब्र गतिमा अघि बढाएको भएपनि नयाँ सरकार गठन हुने भएपछि केही समयका लागि रोकिएको छ । अहिले नेपाल टेलिकममा एसिया इन्फोको बिलिङ प्रणाली रहेको छ। यही बिलिङ प्रणालीकै कारण बर्सेनि अर्बौं आम्दानी चुहावट भइरहेको भन्दै आधुनिक र स्वचालित प्रणाली ल्याउनका लागि यसअघिका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले खरिद प्रक्रिया नै अघि बढाएका थिए ।
तर अधिकारी बाहिरिएर सुनिल पौडेल प्रबन्ध निर्देशक हुनेबित्तिकै उक्त खरिद प्रक्रिया रोकिएको थियो । खरिद प्रक्रिया रोक्नेमात्र होइन, पौडेलले अझै चार वर्ष यही प्रणालीबाट काम चलाउने साँठगाँठ गरेका थिए । चिनियाँ कम्पनी एसिया इन्फो आफैंमा प्रतिष्ठित बिलिङ प्रणाली विकास तथा सञ्चालन गर्ने कम्पनी होइन । उद्योगमा खासै प्रतिष्ठा नकमाएको यो कम्पनीले नेपाल टेलिकमको बिलिङ प्रणाली पछिल्लो एक दशकदेखि सम्हालिरहेको छ । एसिया इन्फोलाई सुरुमै सेटिङमा छिराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
'राखी कुटनीति' ले जोडेको सम्बन्ध बीआरआईमा पुगेर विश्राम !
मंसिर २४, २०८१ सोमबार
सभापति देउवाले वरिष्ठ नेताबारे निर्णय नगर्दा कांग्रेसमा सधैं वरीयता विवाद
मंसिर २३, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार