राष्ट्रिय सभाको बैठक सूचना टाँसेर स्थगित
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार १४:३३:४
२७ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठक सूचना टाँस गरेर स्थगन भएको छ । बिहीबार १:१५ बजेका लागि बोलाइएको बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।
संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले एक सूचना प्रकाशित गर्दै बैठक स्थित भएको जानकारी दिएका हुन् ।
सूचनामा भनिएको छ- 'राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षले मिति २०८१ असार ३० गते आइतबार अपराह्न १ः१५ बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।'
आजको बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल गरी पारित गर्ने तयारी रहेकोमा दलहरुबीच विवाद भएपछि बैठक बस्न नसकेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार