सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्ने मन्त्रिपरिषद्को निर्णय
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार २०:५१:२५
२७ असार, काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय स्थगित गर्ने भएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद्को बैठकले प्राकृतिक विपत्का कारण राष्ट्रिय परिचयपत्र बनाउन असहज भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकमा विभिन्न स्थानमा वर्षा, बाढी र पहिराका कारण सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने निर्णय भएको बताए ।
“सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय भएकामा मुलुकमा विभिन्न स्थानमा वर्षा, बाढी र पहिराका कारण सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्नेगरी पहल गर्न गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ”, सञ्चारमन्त्री शर्माले भने ।
यसअघि सरकारले राजपत्रमा एक सूचना प्रकाशित गरी सबै प्रकारका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको थियो । मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । बैठकले दुवै आयोगको म्याद थप गर्न बाधा अड्काउ फुकाउको आदेश नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चारमन्त्री शर्माले बताए ।
बैठकले स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ र सरकारी कोषको नगद व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । साथै बैठकले नेपाल सरकार र चीन सरकारबीच हस्ताक्षर हुने ‘स्ट्रेन्थनिङ द डेभलपमेन्ट कोअपरेसन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टि डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ विषयक समझदारीपत्र स्वीकृत गरेको सञ्चारमन्त्रीले बताए ।
बैठकले यसअघि २०८० माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन गरिएको कार्यदलले पेस गरेको फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदनले औँल्याइएका सुझाव कार्यान्वयन प्रक्रियामा लैजान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने निर्णय गरेको छ । बैठकले आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानको सिफारिसमा हुम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णयसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
प्रहरीद्वारा लागुऔषध ‘ट्रामाडोल’ बरामद, एकजना पक्राउ
पुष २२, २०८१ सोमबार
मलेसियाको जेलमा रहेका पूर्व नेता नजिबले बाँकी सजाय घरमा नै बिताउन पाउने
पुष २२, २०८१ सोमबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडा
पुष २२, २०८१ सोमबार
सुन गोहोरोसहित दुई जना पक्राउ
पुष २२, २०८१ सोमबार
निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ होः राष्ट्रपति पौडेल
पुष २२, २०८१ सोमबार