दुई दल मिल्न मध्यरात र अध्यारो कोठा नै चाहिन्थ्यो र ?: प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १२:२४:२१
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै आपत्ति जनाए । उनले दुई दल मध्यरात र अँध्यारो कोठामा मिल्नु इतिहासले राम्रो घटना नमान्ने बताए । उनले मध्यरातको सहमतिले अँध्यारो नै संकेत गर्ने बताए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पढाएको भन्दै आपत्ति जनाए । आफू अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले मलाई नैतिकताको पाठ पठाउने प्रयास गर्नुभयो । साथीहरूलाई यति भन्न चाहन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ । यसलाई कमजोर बनाउन दिने छैन, उनले भने ।
उनले अल्पमतमा परिरहेको बेला नेकपा एमालेले कस्ता कस्ता रणनीति निर्णय गरेको थियो रेकर्डमा सुरक्षित रहेको बताए । प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार बनाउने सहमति गरेर पनि कांग्रेस र एमाले तर्सिएको बताए । एमालेले समर्थन फिर्ता लिएकै भोलिपल्ट विश्वासको मत लिन आफू तयार भएको उनले बताए ।
प्राविधिक तयारीका लागि समय चाहिने भएकाले १० दिनभित्र विश्वासको मत लिने निर्णय गरेको भन्दै उनले भने, ‘आपसी विश्वास कमजोर भएको हो कि षड्यन्त्र आफैं कमजोर हुने भएको हो, तर्सिरहनु भयो ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवातिर संकेत गर्दै उनले भने, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले मलाई नैतिकताको पाठ पढाइरहनु भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार