म विपक्षमा पुग्दा तपाईँहरूको सहमतिले राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजाओसः प्रधानमन्त्री
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १२:३७:३३
२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान आग्रह गरेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गरे ।
यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस्, उनले भने । राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिने बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो । तपाईँहरू विमर्श होइन, षडयन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईँहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेबीच बनेको नयाँ गठबन्धनको तीव्र आलोचना गरे । आज संसदमा विश्वासको मत माग्नुअघि सम्बोधन गर्दै उनले आक्रामक टिप्पणी गरे । प्रधानमन्त्री प्रचण्डले पहिलो र दोस्रो दललाई विश्वास र आदर्शले जोडेको नभएर सुशासनको त्रासले जोडेको आरोप लगाए ।
उनले भने, ‘नाटकीय घटनाक्रमबाट पहिलो र दोस्रो ठूलो दललाई विश्वास र आदर्शले वा निश्चित उद्देश्यले जोडेको भए मेरो लागि चिन्ताको विषय हुने थिएन । तपाईंहरुलाई डरले जोड्यो । भयले जोड्यो । त्यो डर हो, सुशासनको डर । सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले जोडेको हुनाले जे कारणले एमाले र कांग्रेस मिल्न खोज्नुभएको छ, तपाईँहरूको सहकार्यलाई जनताले अनुमोदन गरेका छन् कि छैनन् ?’
प्रधानमन्त्रीले आफूलाई अर्को चिन्ता प्रतिगमन र निरंकुशताको रहेको बताए । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदैनन् । अमेरिका, बेलायत र भारतमा कहिल्यै प्रमुख प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाएका छन् ? पहिलो र दोस्रो मिल्दा लोकतन्त्र कमजोर र निरंकुशतालाई प्रश्रय मिल्छ । यहाँ त कांग्रेस र एमाले मिलेर रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गर्नुभएको छ, उनले भने ।
उनले भने, ‘तपाईँहरूको यात्रा प्रतिगमनतिर हो भन्ने सहमति गर्ने तरिका, कसका घरमा सहमति गर्नुभयो, हस्ताक्षर कसका घरमा गर्नुभयो, समय कुन रोज्नुभयो भन्नेबाटै थाहा हुन्छ । जनताले हिसाब राखेका छन् । नियत सफा भए बन्द कोठा चाहिन्छ ? अन्धकार चाहिन्छ ? मैले सबै भनेँ भने तपाईंहरुलार्ई लाज लाग्छ भन्ने मलाई डर छ । कतिसम्म झूट बोल्न । सकेको ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रतिपक्षमा पुग्दै गर्दा आफूलाई कुनै अनौठो नलागेको बताए । ‘मैले त यो पटक नयाँ समीकरण बन्दै गर्दा तपाईंहरूको अभिव्यक्ति सुनेपछि मिल्नुस्, म प्रतिपक्षीमा जानेछु भनेको थिएँ। आज त्यही दिन आयो मैले अनौठो त मानेको छैन,’ उनले भने।
साथै, उनले देशका दुई दल मिल्नका लागि अँध्यारो र बन्द कोठा चाहिन्छ? भन्दै प्रश्न गरे । पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ? झुटमुट र कुतर्क। मैले त्यो सबै भनेँ भनेँ तपाईँहरूलाई पनि लाज लाग्न सक्छ,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार