पहिरो र कटानले बेनी–जोमसोम सडक चार ठाउँमा अवरुद्ध
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार १४:३८:५०
२८ असार, म्याग्दी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड कम्तीमा चार ठाउँमा पहिरो र कटान जाँदा आवागमन अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्ला, अन्नपूर्ण गाउँपालिकाको पुरै र रघुगङ्गा गाउँपालिकाको छवटा वडामा यातायात सञ्चालन हुन सकेका छैनन् ।
बेनी–जोमसोम सडक आयोजनाका सबइञ्जिनियर सोहनजङ्ग कार्कीका अनुसार रघुगङ्गा गाउँपालिकाको राहुघाट, बैसरी, सिरुवारी र कालीओडारमा पहिरो र कटानका कारण सडक अवरुद्ध बनेको छ । “अन्नपूर्णको रुप्से, गुइठेभिर, भिरकाटे र दोवाखोलाको पहिरो पन्छाएर यातायात सञ्चालन भएको छ”, उनले भने, “कालीओडार, सिरुवारी र बैसरीमा पहिरो पन्छाउन सडक विभागको डोजर, लोडरलगायत उपकरण, प्राविधिक जनशक्ति र मजदुर परिचालन भएका छौँ ।”
बेनी–जोमसोम सडकको प्रवेशविन्दुमा पर्ने रघुगङ्गा–३ गायत्री मन्दिर नजिकै रघुगङ्गा नदीले कटान गरेर भासिएको सडक मर्मत गर्न केही समय लाग्ने सबइन्जिनियर कार्कीले बताए । “भिर काटेको पहिरोबाहेक अन्य पहिरो बेनी–जोमसोम सडकमा हरेक मनसुनमा दैनिक झरिरहने नियमित र अति जोखियुक्त पहिरो हुन्”, उनले भने, “सडक अवरुद्ध हुँदा रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक, तिर्थयात्रीहरूलाई समस्या भएको छ ।”
सडक अवरुद्ध हुँदा निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सडकलगायत विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका किसानले उत्पादन गरेको आलु बजार पठाउन समस्या भएको छ ।
पहिरोले पोल ढलाएपछि अन्नपूर्ण गाउँपालिकाका अधिकांश वडामा विद्युत् आपूर्ति बन्द हुँदा जनजीवन कष्टकर बनेको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए ।
यसैबीच फापरखेत र बाङ्गेपहिरामा अवरुद्ध म्याग्दीको पश्चिमी क्षेत्रका धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक खुलाउन डोजर परिचालन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
बाढीपहिराले कल्भर्ट बगाउँदा सडक अवरुद्ध
बिहीबार रातिको भीषण वर्षाका कारण तनहुँका विभिन्न ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् । विभिन्न खोलामा आएको बाढीपहिरोका कारण जिल्लाका विभिन्न ठाउँका सडकखण्ड अवरुद्ध भएका हुन् । बाढीपहिराेले केही ठाउँमा कल्भर्ट बगाएको छ ।
व्यास नगरपालिका–११ पुरनडिहीस्थित राम्दी खोलामा बाढीले दुईवटा कल्भर्ट बगाउँदा सडक अवरुद्ध भएको छ । उक्त सडक हुँदै सोही वडाको फराकचौर, बेल्टारी, शेरासम्मको आवागमन ठप्प भएको छ ।
भानु नगरपालिका–५ टुहुरेपसलस्थित खत्रीखोलामा आएको बाढीले कल्भर्ट बगाउँदा डुम्रे–चन्द्रावती खण्ड अवरुद्ध भएको छ । खत्रीखोलामा आएको बाढीले ह्युमपाइप बगाएपछि भानु–१२, १३, ६ र ७ मा सञ्चालित सवारीसाधन रोकिएका वडाध्यक्ष धिरज खनालले जानकारी दिए । उनले भने, “भानुको उत्तरी भेग १२ र १३ को ‘लाइफलाइन’का रूपमा रहेको यस ठाउँको कल्भर्ट बगाउँदा सर्वसाधारणलाई आवाजजावतमा कठिनाइ भएको छ ।”
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार, व्यास–१२ घाँसीकुवा, बन्दीपुर गाउँपालिका–५ याम्पालगायत ठाउँमा गएको पहिरो भने पन्छाएर पृथ्वीराजमार्ग पूर्ण रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्षतिग्रस्त वीपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक
कात्तिक ८, २०८१ बिहिबार
सरकारको प्राथमिकता : थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने
कात्तिक ७, २०८१ बुधबार
वीपी राजमार्गको धुलिखेल–भकुण्डेवेशी सडकखण्ड २४ सै घण्टा सुचारु
कात्तिक ७, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
ट्राफिकले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिएकोप्रति अदालतबाट कारण देखाऊ आदेश जारी
कात्तिक ८, २०८१ बिहिबार
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
कात्तिक ९, २०८१ शुक्रबार
विद्युतको पैसा नतिर्ने उद्योगको प्राधिकरणले फेरी काट्यो लाइन
कात्तिक ९, २०८१ शुक्रबार
भारतमा चक्रवाती आँधी 'दाना': ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
कात्तिक ९, २०८१ शुक्रबार
भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग
कात्तिक ९, २०८१ शुक्रबार
उपप्रधानमन्त्री पौडेसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट
कात्तिक ९, २०८१ शुक्रबार
रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने
कात्तिक ९, २०८१ शुक्रबार