कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार ८:७:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/kaligandaki_Ly5C6wYMiG_mnIrLQQ0Ug.jpg)
२९ असार, ढोरपाटन (बागलुङ) । कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ ।
असार २१ गतेको खसको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घन्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मेसिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ ।
कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेका प्रहरी निरीक्षक भुजेल बताउँछन् । उनले भने, “पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिराले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।” कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् ।
बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताए । उनले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै रु दुई हजार तिर्नुपरेको गुनासो पोखे । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेका सापकोटाले सुनाए ।
“बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो ? हामीहरु निकै मारमा प¥यौँ, दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ”, उनले भने, “अहिले केवलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले अवरुद्ध पृथ्वी राजमार्ग नियमित
साउन २३, २०८१ बुधबार
पहिरोले मुग्लिन–मलेखु सडक अवरुद्ध
साउन २३, २०८१ बुधबार
अविरल वर्षाले कान्तिलोकपथ खण्ड अवरुद्ध
साउन २२, २०८१ मंगलबार
आजै केही एआईजीको सरुवा तयारी, पाँच बजे मन्त्रिपरिषद बैठक
नेपालबहस संवाददाता
साउन २२, २०८१ मंगलबार
कांग्रेसले तोक्यो ३७ विभाग प्रमुख, को को भए मनोनित ?
नेपालबहस संवाददाता
साउन २१, २०८१ सोमबार
प्रभु बैंकको अर्को झुट, बैंकले पैसा जम्मा गर्दा दिएको रसिद कसरी भयो नक्कली ?
साउन २३, २०८१ बुधबार
जनप्रतिनिधि तथा कर्मचारीकै मिलेमतोमा खानेपानीको नाममा ब्रहमलुट
साउन २३, २०८१ बुधबार
प्रकाशशरण महतलगायतका सांसदलाई शेयरबजारका विषयमा जथाभावी नबोल्न चेतावनी
साउन २३, २०८१ बुधबार
बाढी, पहिरोलगायतका विपदमा परी आजसम्म १६७ जनाको मृत्यु
साउन २३, २०८१ बुधबार
सशस्त्रको आगलागी प्रकरणः एसपीसहित ७ जनालाई कारवाही, ठेकेदारको भुक्तानी अन्यौलमा
साउन २३, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य
साउन २३, २०८१ बुधबार
डेङ्गु सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द
साउन २३, २०८१ बुधबार
प्रहरीद्वारा बिलविजक नभएका खाद्य सामग्री बरामद
साउन २३, २०८१ बुधबार
कामतको निधनले शास्त्रीय सङ्गीतका एक चम्किलो प्रतिभा गुमाएका छौं : राष्ट्रपति
साउन २३, २०८१ बुधबार