नारायणी नदी किनारमा २ वटा शव फेला
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार १८:२८:१३
![](https://nepalbahas.prixacdn.net/media/albums/death-1-e1663310373466_0Fa3FWRP2X_YvZQHanOMZ.jpg)
२९ असार, नवलपुर (नवलपरासी) । नारायणी नदी किनारमा आज दिउँसो दुईवटा शव फेला परेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुईजना पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् ।
नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।
पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८÷२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक दलित समुदायबाट मुख्य न्यायाधीश बने डा रत्नबहादुर बागचन्द
साउन २५, २०८१ शुक्रबार
जो उपचार गर्न हिँडेका थिए, पहिराले पुरिए
साउन २५, २०८१ शुक्रबार
भारतीय विदेश सचिव आइतबार नेपाल आउने
साउन २५, २०८१ शुक्रबार
सर्वोच्चको आदेश अटेर गर्दा ९० प्रहरी अधिकृत एकैसाथ विदा हुँदै
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार
सर्वोच्चको आदेश अटेर गर्दा ९० प्रहरी अधिकृत एकैसाथ विदा हुँदै
साउन २५, २०८१ शुक्रबार
बंगलादेशमा हसिनालाई सत्ताच्युत गरेर ‘मन्त्री’ बनेका २ विद्यार्थी बारेमा जान्नुहोस् !
साउन २५, २०८१ शुक्रबार
कुलमानले आज पत्रकार सम्मेलन गर्दै
साउन २५, २०८१ शुक्रबार
सर्वोच्चको आदेश अटेर गर्दा ९० प्रहरी अधिकृत एकैसाथ विदा हुँदै
साउन २५, २०८१ शुक्रबार
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे माओवादी बैठकमा छलफल
साउन २५, २०८१ शुक्रबार
मोटरसाइकल चोरी गर्ने तीनजना पक्राउ
साउन २५, २०८१ शुक्रबार
भक्तपुरमा स्कुल बसको ठक्करबाट एक छात्राको मृत्यु
साउन २५, २०८१ शुक्रबार
इजरायल जाने कामदारको छनोट विश्वसनीय बनाउन छानबिन समिति गठन
साउन २५, २०८१ शुक्रबार
सिरहामा शनिबार नौ घण्टा विद्युत् अवरुद्ध हुने
साउन २५, २०८१ शुक्रबार