खान युनिसमा इजरायली आक्रमणमा कम्तिमा ७१ जना प्यालेस्टिनीको मृत्यु
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार २२:१८:१७
२९ असार, गाजा । गाजाको दक्षिणमा रहेको खान युनिस सहरको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको शिबिरमा शनिबार इजरायली हवाई आक्रमणमा परी कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य २८९ जना घाइते भएका गाजाका स्वास्थ्य अधिकारीले बताएका छन् ।
तीन मिसाइलसहित, इजरायली जेटहरूले खान युनिसमा विस्थापित मानिसहरूको टेन्टले बनेको वस्तीमा बमबारी गरेको र त्यसपछि एक नागरिक सुरक्षा गाडीलाई निशाना बनाइएको थियो । उक्त घटनामा मारिएका र घाइते भएका दर्जनौं शव भग्नावशेषमा पुरिएका थिए । ‘गाजा सिभिल डिफेन्स सर्भिस’ले एक संक्षिप्त विज्ञप्ति जारी गरी इजरायली आक्रमणले मावासीमा विस्थापित मानिसहरूको ठूलो जमघटलाई निशाना बनाएको उल्लेख गरेको छ ।
यसैबीच, इजरायली सरकारी स्वामित्वको कान टिभी समाचारले मावासी क्षेत्रमा इजरायली आक्रमणको निशाना हमासका सैन्य प्रमुख मोहम्मद डेफ रहेको बताएको र सेनाले छापा मार्ने परिणामको पर्खाइमा रहेको उल्लेख गरेको छ । हमासले दावीलाई अस्वीकार गर्दै यो इजरायलको अपराध लुकाउने सन्दर्भमा आएको अभिव्यक्ति मात्र भएको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
जापानको टोकियोस्थित एक विश्वविद्यालयमा भएको आक्रमणमा आठ जना घाइते
पुष २६, २०८१ शुक्रबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यथाशीघ्र नियमित उडान सुरु हुन्छ : मन्त्री पाण्डे
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग अध्यक्ष थापाको भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
पुष २६, २०८१ शुक्रबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार