प्रधानमन्त्री प्रचण्डको निजी ल्यापटपमा राखिएका गोप्य सूचना कसले पुर्यायो दिल्लीदेखि दूतावाससम्म ?
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार १६:१९:३३
३० असार, काठमाडौं । प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएर प्रधानमन्त्री प्रचण्ड बालुवाटारबाट खुमलटार सरेपछि एकाएक एउटा विषय बाहिर आएको छ । शनिवार गाइगुई रुपमा चुहिएको यो अपुष्ट सूचना आइतबार विहानदेखि चिया पसलसम्म पुगेको छ । एकथरी नेताहरु नयाँ सरकार बनेपछि संसदमै यो विषयलाई दमदार रुपमा उठाउने तयारी गरिरहेका छन् ।
विषय हो, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलाउँदै आएको निजी ल्यापटपको । उनले यही ल्यापटपमा राष्ट्रका महत्वपूर्ण सूचनाहरू सुरक्षित राख्थे । सुरक्षा निकायदेखि इन्टेलिजेन्स समूहका दैनिक रिपोर्टहरु लिएर खास अवस्थाबाहेक प्रायः राती १० बजेपछि बन्द गर्थे र यसका आधारमा भोलिपल्टका उनका योजनाहरू तयार हुन्थे । यो ल्यापटप उनी मात्रै चलाउँथे र आफै बन्द गर्थे । तर, यो ल्यापटपमा भएका अत्यन्तै गोप्य र महत्वपूर्ण सूचनाहरू दैनिक काठमाडौंमा रहेका केही विदेशी राजदूतावास र दिल्लीसम्म पुर्याइथ्यो ।
यो विषय अपुष्ट रुपले बाहिरिए पनि राष्ट्रिय सुरक्षाका दृष्टिले निकै महत्वपूर्ण, संवेदनशील र विचारणीय छ । प्रधानमन्त्रीको मात्रै पहुँच भएको ल्यापटप उनको जानकारी विना कसले चलाउँथ्यो र उनको विना जानकारी कसरी महत्वपूर्ण सूचनाहरू दैनिक रुपमा विदेशी दूतावासदेखि दिल्लीसम्म पुर्याउँथ्यो भन्ने कुरा सामान्य हैन । भारतमा रहेको नेपाली दूतावास पनि आफूले जानकारी नपाएको कुरा दिल्लीले कसरी थाहा पाउँछ भन्ने आश्चर्यमा परको बताइन्छ ।
स्रोत भन्छ, सुन्दा आश्चर्य लागेपनि कुरा यथार्थ हो । विगत एक वर्षदेखि प्रधानमन्त्री प्रचण्डले ल्यापटपमा राखेका सूचनाहरू यसरी नै नियमित रुपमा चोरी भइरहेका थिए । प्रधानमन्त्रीले सूचना संकलन गरेर राख्ने ल्यापटपसम्म कमैको मात्र पहुँच हुन्छ । कुन घर्रामा ल्यापटप राख्ने गरिएको छ भन्ने कुरा उनको सचिवालयका थोरै सदस्यलाई मात्र थाहा हुन्छ । नियमित सूचना पुग्ने दूतावास बाटै प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्रीले प्रयोग गर्ने निजी ल्यापटपमा राख्ने गरेका सूचना नियमित रुपमा आफूहरूले पाउँदै आएकाे कुरा बाहिर आएको स्रोत बताउँछ ।
यो कार्य नियमित जस्तै हुन्थ्यो । प्रधानमन्त्री ल्यापटप राखेर सुत्न गएपछि भोलिपल्ट फर्किएर ल्यापटप नखोल्दै त्यहाँ राखिएका सूचना र अन्य महत्वपूर्ण कुराहरू दूतावासहरू र दिल्लीसम्म पुगिसक्ने गरेका थिए । यसमा प्रधानमन्त्रीको निजी सचिवालयका कर्मचारी प्रयोग भएको देखिन्छ । कुनै ठूलै गिरोहले सचिवालयका कुनै सदस्यलाई साथमा लिएर यो काम गरेको हुनसक्ने आशंका गरिएको छ । प्रधानमन्त्री प्रचण्डले पनि पछिल्लो समय थाहा पाएर पनि गोप्य नै राखेको बताइन्छ । उनको निजी सचिवालयमा छोरी गंगासहित पार्टीकै व्यक्तिहरू राखिएका थिए ।
सूचना विदेशीलाई बेच्नु ठूलो अपराध मानिन्छ । सूचना बेचिएको विषयमा संसदमै पनि ठूलो हंगामा भएको थियो । उपप्रधान तथा गृहमन्त्री रहेका रवि लामिछानेले कांग्रेसका गगन थापाप्रति लक्षित गर्दै सूचना बेच्ने गरेको आरोप लगाएका थिए । तर, प्रधानमन्त्रीकै निजी ल्यापटपबाट एक वर्षदेखि देशका महत्वपूर्ण सूचना बेचिँदा उनले सुइकोसम्म पाएनन् वा जानकारी पाएर पनि साथ दिए । गृहमन्त्रीलाई प्रधानमन्त्रीको निजी सुरक्षामाथि चासो र निगरानी हुनुपर्छ । यसमा उनी पनि उत्तिकै दोषी देखिन्छन् ।
प्रधानमन्त्री प्रचण्डले सुरक्षा निकायबाट दैनिक देशमा भइरहेका गतिविधिको गोप्य जानकारी लिन्थे र यसै ल्यापटपमा टाइप गरेर राख्ने गर्थे । सुरक्षा निकायभन्दा बाहिर उनको आफ्नै स्रोत पनि थियो । कुन देशका दूतावास के गरिरहेका छन् । सीमा सुरक्षा अवस्था कस्तो छ । भोलि प्रधानमन्त्रीले के गर्दैछन् । मन्त्रिपरिषदमा के के विषय उठाउनेदेखि भ्रष्टाचारका कुन फाइलमाथिका कुरा कसरी अगाडि बढाउने भन्ने टिपोट हुन्थे त्यो ल्यापटपमा । कसले गर्यो भन्ने विषय अहिले नखुले पनि एक दिन खुल्ने निश्चित छ । अब बन्ने सरकारले यो विषयमा कसरी छानविन गर्छ । त्यो कुराले पनि प्रभाव पार्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार