बेपत्ताका आफन्तलाई न त लासको खबर छ न त सासकै !
नेपालबहस संवाददाता
असार ३०, २०८१ आइतबार १६:३५:३३
३० असार, रौतहट । रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका परशुराम साह, मीना देवी, रिन्कु देवी र नीरज साह बेपत्ता छन् । बस त्रिशूलीमा खसेको तीन दिन बित्न लागेको छ । आफन्तलाई न त लासको खबर छ र न त सासकै । अझै पनि कुनै सकारात्मक खबर आइहाल्छ कि भन्ने उनीहरूमा परिवारमा लागिरहन्छ ।
बौधिमाई–२ इनर्वाका राज पटेलको घरमा पनि बेहाल छ । कोही नयाँ मानिस घरमा आउँदा होस् वा मोबाइलमा घन्टी बज्दा छोरा भेटिएको खबर आयो कि भन्ने परिवारलाई लागिरहन्छ । घरमा फर्किने आशा अझै पनि पटेल परिवारमा रहेको छ । अजगैबी गाउँका हरिचन्द्र यादव र बाल राउत कुर्मीको घरमा चुलो नबलेको तीन दिन भयो तर आशाको दियो भने निभेको छैन । कहीँ कतैबाट कुनै राम्रो खबर आइहाल्छ कि भन्ने आशा बाँकी छ ।
बौधिमाई–४ इनरवारी गाउँका प्रिन्स जयसवाल र अकलु राउत कुर्मी पनि बेपत्ता छन् । घरमा अझै पनि आशा छ कि फर्केर आउलान् वा कुनै खबर आउला भन्नेर । रौतहटका २४ जना दुर्घटनामा बेपत्ता भएका छन् । गणपति डिलक्सको काउन्टरबाट प्राप्त भएको चलानका आधारमा नै बेपत्ता भएका परिवारका आफन्तसित प्रहरीले सम्पर्क गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बताए ।
बेपत्ता भएका नागरिकको बारेमा यकिन विवरण आई नसकेकाले अहिले घरपरिवारसित सम्पर्कको काम भइरहेको प्रजिअ रेग्मीको भनाइ छ । शुक्रबार बिहान साढे ३ बजेतिर काठमाडौँबाट रौतहटतिर आइरहेको गणपति डिलक्समा २७ यात्रु रहेका थिए । त्रिशूली नदीमा खसेको बसका यात्रुहरुमध्ये तीनले ज्यान जोगाएका थिएभने २४ जना अहिलेसम्म बेपत्ता छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच भेट
मंसिर १२, २०८१ बुधबार
जनताले विकल्प खोज्ने बेला आयो : अध्यक्ष लिङ्देन
मंसिर १२, २०८१ बुधबार
युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छ: सभापति देउवा
मंसिर १२, २०८१ बुधबार