न्याथम कलेजले ३ महिनामा नै निर्धारण गरिदियो १३१ जनाको भविष्य
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार ११:२१:३६
♦ विशाल बस्नेत
३१ असार, महोत्तरी । रौतहट चन्द्रपुरका लक्ष्मण अधिकारी पहिलेदेखि नै होटल सम्बन्धी सीप सिकेर आत्मनिर्भर बन्न चाहन्थे । युवा अवस्थामा कुक सिकेर नेपाल कै कुनै ठुलो होटलमा काम गर्ने रहर बनाएतापनी अधिकारीको सपना पारिवारिक जिम्मेवारीका कारण पुरा हुन सकेको थिएनँ ।
तर न्याथम कलेजको सम्पर्कमा आएपछि उमेरले ४० काटेपनि अधिकारीका रहर र सपनाहरु पुन: जीवित बनेका छन । कलेजले प्रदान गरेको ३ महिने तालिमपछि उनले कुक सम्बन्धी सैद्धान्तिक ज्ञान मात्र सिकेनन् यथेष्ट प्रयोगात्मक प्रयोगको कारण पूर्ण कुक बनेका छन ।
अधिकारीलाई अहिले आफ्नै होटल खोलेर आत्मनिर्भर बन्ने मात्र हैन नेपालका कुनै पनि होटलमा अवसर प्राप्त भए प्राप्त सीप र दक्षतालाई उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास समेत बढेको छ । 'न्याथम कलेजको प्रयोगशालासँगै दिइने तालिमले जोकोहीलाई आत्मविश्वास मात्र हैन केही गर्ने हुटहुटी जगाउँछ ।' अधिकारीले भने ।'न्याथम कलेज होटल सम्बन्धित सीप सिक्नेहरूको लागि देश कै उत्कृष्ट शिक्षालय रहेछ ।'
४० बर्ष उमेर पुगेपछि पुराना रहर र सपनाहरुलाई पुनस्जिवित बनाएका अधिकारीको कथा मात्र हैन कलेजले ३ महिना अगाडि सुरु गरेको ६ वटा तालिम लिएपछि यसमा सहभागी १३१ जनामा उस्तै आत्मविश्वास भरिएको छ ।
रहर भएतापनि विविध वाध्यताका कारण पुरा गर्न नसकेका, भविष्यको अन्यौलताको कारण दुविधाले उद्देश्य निर्धारण नभएका, सीप सिकेर प्रदेश जान चाहने र स्वदेशमा नै बसेर आत्मनिर्भर बन्न चाहनेहरूको लागि यो अवधि सबैको लागि सर्वाधिक उर्वर बनेको छ ।
५ बर्ष अगाडि कोरियावाट फर्किएपछी मिथिला धनुषाका चन्देश्वर क्यापछाकीलाई पनि स्वदेशमा के गर्ने होला भन्ने उत्तिकै दुविधा थियो । केही पैसा कमाएर ल्याएतापनि स्वदेशमा कुनै सम्भावना नदेखेपछि पुनस् प्रदेश नै फर्कने योजना बनाइरहेका क्यापछाकीको योजनामा अहिले पूर्णविराम लागेको छ । 'धेरै सीप सिकियो तर यत्तिको प्रोगात्मक सीप लिएर पहिलो पटक तालिम लिइसक्दा नै दक्ष भएको महसुस गरेको छु ।' उनले भने । 'यहाँ कुक सिक्दासिक्दै आफै केही गरौं भन्ने हुटहुटी जागेको छ ।'
१ दशकसम्म कतार र मलेसियामा रोजगारी गर्दै आएका वारा कलैया उपमाहानगरपालिकाका फैज आलम अन्सारीलाई पनि ३ महिने तालिम लिएपछि पूर्ण स्वरोजगार बनेको महसुस भएको छ । सीप समबन्धि तालिमको नाममा स्थानीय सरकारले करोडौं खर्च भएको बताउँदै न्याथमले दिने तालिमबाट केही सिक्न उनले सुझाव दिए ।
'अव विदेश जानै पर्दैन मलाई । यहाँ सिकेपछि सिक्दा-सिक्दै अफरहरू आउँदो रहेछ । यो संस्थामा जोडिएर सिक्न पाउँदा गर्व महसुस गरेको छु ।' उनले भने । 'अव मधेशका केही ठूला होटलबाट अफर आएको छ काम गर्छु ।'
राज्यले करोडौं खर्च गरेर सीप सिकाउने तर उक्त सीपको प्रयोग नहुने संस्कार बनिरहेको वेला नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले दिने हरेक सीपहरु त्यसको विपरीत रहेको होटल व्यवसायी गुन्ज वहादुर कार्की बताउँछन ।
आइतवार ३ महिने तालिमपछि समापन कार्यक्रममा बोल्दै अथितिहरुले होटल तथा पर्यटन क्षेत्रमा न्याथम नेपाल कै अग्रणी शिक्षालय भएको बताए । होटल तथा पर्यटन व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले न्याथम कलेजको महत्व थाहा नपाउँदा अझै ओझेलमा परेको गुनासो गरे ।
यहाँ पढेका विद्यार्थीहरु अहिले पनि मध्यपूर्वी देश र युरोपियन देशहरुमा प्रयोगात्मक सिकाइका लागि जाने गर्छन । 'पढ्दै कमाउँदै भन्ने उद्देश्यलाई न्याथमले जहिल्यै आत्मासाथ गरेको बताउँदै न्याथम कलेज बर्दिवासका प्रमुख सिवेन्द्र मल्लिकले याँहा पढेका विद्यार्थीहरु कोहीपनि बेरोजगार नहुने दावी गरे ।
होटल म्यानेजमेन्टको लागि देश कै उत्कृष्ट मानिएको यो कलेज संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालय अन्तर्गत संचालित छ । मधेश प्रदेशमा नै पहिलोपटक ५ वर्ष अगाडि मात्र संचालनमा आएको यो कलेजले होटल तथा पर्यटनका क्षेत्रमा विभिन्न शिपमुलक तालिमका साथै शैक्षिक पाठयक्रम तयार गरेर ब्याचलर अफ होटल म्यानेजमेन्ट समेत पठनपाठन गराउँदै आएको छ ।
श्रम तथा यातायात मन्त्रालय, मधेश प्रदेश सरकारसँगको सहकार्यमा संचालित सीपमुलक तालिममा आधारभूत खाना तयारी (कुक), वेटर, बारिश्टा, बेकरी, हाउस किपिंङ्ग, स्थानीय पर्यटक पथपर्दशक गरी ६ वटा तालिम संचालन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार
दक्षिण कोरियाली राष्ट्रपति योन सुक योल पक्राउ
माघ २, २०८१ बुधबार
रवि लामिछानेलाई आज पनि अदालत लगिँदै, छुट्ने वा नछुट्ने आदेश आउन सक्ने
माघ २, २०८१ बुधबार
लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
माघ २, २०८१ बुधबार