सोमबार सुनको मूल्यमा नयाँ रेकर्ड, कति पर्छ एक तोलाको गहना बनाउन ?
नेपालबहस संवाददाता
असार ३१, २०८१ सोमबार ११:३५:१
३१ असार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सोमबार सुन तोलाको २ सयले बढेर एक लाख ४६ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै महंगो हो । आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो ।
गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ शुक्रबारको तुलनामा आइतबार र सोमबार बढेको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपियाँ बढेर तोलाको १८८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बढेको मूल्य अनुसार आज एक तोलाको गहना बनाउन कम्तीमा पनि १ लाख ६८ हजार ७ सय तिर्नुपर्नेछ । ज्याला, जर्ती, मुनाफा आदि जोडेर व्यवसायीले उपभोक्ता मूल्य जोडेका छन् । ज्याला र जर्तीका नाममा १२ देखि १८ प्रतिशत जोड्ने गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ छ । औसत १५ प्रतिशत ज्याला–जर्ती जोड्दा उपभोक्ता मूल्य १ लाख ६८ हजार ७ सय पर्न आउँछ ।
तोलामा मूल्य निर्धारण गरेपछि त्यसमा ज्याला–जर्ती कति राख्ने भन्ने नियम–कानुन छैन । यो व्यवसायीले आफूखुसी मूल्य राख्दै आएका छन् । ज्याला १२ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारे पनि व्यवहारमा छैन् । ज्याला–जर्तीबाहेक मूल्य निर्धारणका क्रममा पनि मुनाफा राखिएको हुन्छ ।
नेपालमा अन्तर्राष्ट्रिय बजार र भारतको बजारलाई आधार मानेर मूल्य निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय बजारको हकमा ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर यहाँ मूल्य निर्धारण गर्ने चलन छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, २० प्रतिशत भन्सार दर र १ प्रतिशत मुनाफा गरी बजार मूल्य निर्धारण गरिन्छ । उक्त मूल्यमा थप ज्याला–जर्तीलगायत राखेर गहना बिक्री हुन्छ । यसले गर्दा उपभोक्ता मूल्य महँगो पर्ने गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई दिन लगातार घटेको सुनको मूल्य बढ्यो
मंसिर १२, २०८१ बुधबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार