मनसुनी विपदमा परी २४ घण्टामा ७ जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन १, २०८१ मंगलबार १८:२१:५०
१ साउन, काठमाडौं । गएको चौबिस घण्टामा मनसुनी विपद्मा परी सात जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म एक सय २० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।
उक्त अवधिमा एक सय ३५ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा एक सय २० जनाको मृत्यु भएको हो ।
काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ३५ जना घाइते भएको कार्कीले बताए ।
बाढीका कारण एक सय ८२ घर डुबानमा परेका छन् । दुई सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल पाँच सय ८१ वटा पशुचौपायको मृत्यु भएको छ ।
उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार छ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढीपहिरोको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएको धनमाल निकालेर सुरक्षा गर्ने र सडकमा भएका अवरोध हटाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा चक्रवात 'दाना'को प्रभाव, विभिन्न स्थानमा वर्षाको सम्भावना
कात्तिक ९, २०८१ शुक्रबार
राप्ती नदीमा नुहाउने क्रममा डुबेर ३ बालिकाको मृत्यु
कात्तिक ८, २०८१ बिहिबार
ट्राफिकले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिएकोप्रति अदालतबाट कारण देखाऊ आदेश जारी
कात्तिक ८, २०८१ बिहिबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
ट्राफिकले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिएकोप्रति अदालतबाट कारण देखाऊ आदेश जारी
कात्तिक ८, २०८१ बिहिबार
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
कात्तिक ९, २०८१ शुक्रबार
विद्युतको पैसा नतिर्ने उद्योगको प्राधिकरणले फेरी काट्यो लाइन
कात्तिक ९, २०८१ शुक्रबार
भारतमा चक्रवाती आँधी 'दाना': ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
कात्तिक ९, २०८१ शुक्रबार
भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग
कात्तिक ९, २०८१ शुक्रबार
उपप्रधानमन्त्री पौडेसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट
कात्तिक ९, २०८१ शुक्रबार
रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने
कात्तिक ९, २०८१ शुक्रबार