८ अर्ब ३५ करोड दावीसहित अख्तियारले दर्ता गर्यो २०१ वटा मुद्दा, कर्मचारी मात्र ५२४ जना प्रतिवादी
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार १८:२१:३३
२ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको आर्थिक वर्षमा भ्रष्टाचार सम्बन्धी २०१ वटा मुद्दा दायर गरेको जनाएको छ । जसमा गैरकानुनी लाभहानीका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४ वटा मुद्दा रहेका छन् । त्यसैगरी राजश्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा मुद्दा रहेका छन् ।
अख्तियारले बुधबार जारी गरेको विज्ञप्ति अनुसार विशेष अदालतमा दायर २०१ मुद्दाका प्रतिवादीबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रूपैयाँ ४६ पैसा बिगो माग दाबी गरिएको छ । आरोप पत्रमा प्रतिवादीको संख्या १ हजार ५२० जना रहेका छन् ।
जसमध्ये सरकारी कर्मचारी ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी २, बिचौलिया २ र व्यवसायी ९१ जना रहेका छन् । त्यसबाहेक अन्य ६१९ जना छन् । आयोगका अनुसार सोही आर्थिक वर्षमा परेका जम्मा ३५ हजार ७९० उजुरीमध्ये २७ हजार ३७५ उजुरी फर्छ्योट गरेको जनाएको छ
आर्थिक वर्ष २०८०।८१ मा अख्तियारले दायर गरेका मुद्दामा गैरकानुनी लाभहानी ५८ घुस (रिसवत) ४८, नक्कली शैक्षिक प्रमाण–पत्र ३४, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी ३४, राजस्व चुहावट-हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा गरी २०१ वटा रहेका छन ।
उक्त आ.व. २०८०-८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त २६ हजार ५२२ तथा अघिल्लो आर्थिक वर्ष २०७९-८० बाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ गरी कुल ३५ हजार ७९० उजुरीहरू रहेकोमा २७ हजार ३५७ उजुरी फर्छ्यौट गरिएका छन्, जुन कुल उजुरी संख्याको करिब ७६.४९ प्रतिशत हुन आउँछ ।
जसमा रंगेहात कारबाहीको संख्या– ३१ रहँदा ५२ लाख ४२ हजार ५०० रुपैयाँ नगद बरामद गरेको छ । रंगेहात कारबाहीमा ४४ जना पक्राउ परेका व्यक्तिमध्ये कुल राष्ट्रसेवक कर्मचारी ३२ रहेका छन्। त्यसैगरी, ९ जना लेखापढी व्यबसायी/बिचौलिया÷मतियार र ३ जना वडाध्यक्ष परेका छन् । विषेश अदालतबाट भएका फैसलाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको संख्या ९२ रहेको अख्तियारको तथ्यांकमा उल्लेख छ ।
यस्तो छ आयोगको कार्य विवरण
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
एभरेष्ट बैंकको २ अर्बले नाफा बढ्यो
माघ ७, २०८१ सोमबार
ओली छाडेर भीम रावलको मातृभूमि जागरणतिर लागे एमालेका ५९ जना नेता, नामावलीसहित
माघ ७, २०८१ सोमबार