पुुराना मुुद्दाको सङ्ख्या घटाउँदै म्याग्दी अदालत
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार २१:५:३८
२ साउन, म्याग्दी । म्याग्दी जिल्ला अदालतले पुराना मुद्दाको सङ्ख्या घटाउँदै लगेको छ । दर्ता भएको एक वर्षभित्र नै मुद्दाको फैसला गर्ने कार्ययोजना बनाएको अदालतले महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसँग सम्बन्धित मुद्दाको निरन्तर सुनुवाइ गरिएको अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए । उनकानुसार आर्थिक वर्ष २०८०/८१ मा एक वर्ष नाघेका मुद्दाको सङ्ख्या १२ वटामा झारिएको छ ।
“आव २०८०/८१ मा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका एक सय ३२ र नयाँ चार सय ६१ सहित पाँच सय ९२ मुद्दा रहेका थिए”, उनले भने “गत वर्ष लक्ष्य भन्दा एक सय २५ दशमलव ७९ प्रतिशत बढी मुुद्दा फस्यौट गर्दा पनि एक सय १० वटा मुद्दा यो आवका लागि जिम्मेवारी सरेका छन् ।”अघिल्लो आर्थिक वर्षमा दुई वर्ष पुराना मुद्दा पनि रहेकामा यसपालि फैसला हुन बाँकी मुद्दा १२ देखि १८ महिना अवधिका रहेका श्रेष्तेदार रेग्मीले बताए ।
वादी र प्रतिवादी पक्ष तोकिएको समयमा सुनुवाइमा उपस्थिति नहुनु, प्रक्रिया र अङ्ग नपुग्नु आदि कारण एक वर्ष पुराना मुुद्दा बाँकी नराख्ने लक्ष्य सफल नभएको उनले सुनाए । गत वर्ष म्याग्दी अदालतमा पाँच सय ८९ मुद्दा दर्ता हुने अनुमान गरिएकोमा पाँच सय ९४ वटा दर्ता भएका थिए ।
अदालतले तीन सय ८४ मुद्दा फर्छ्र्यौट गर्ने लक्ष्य राखेकामा चार सय ८३ फैसला गरेको छ । ३६ वटा मुद्दाको निरन्तर सुनुवाइ गरिएकोमा २३ मुद्दा फर्छ्र्यौट र १३ बाँकी रहेका छन् । अदालतले मुद्दालाई सरल, सामान्य र विशेष समूहमा विभाजन गरेर सुनुुवाइ गर्ने अभ्यास गरेको श्रेष्तेदार रेग्मीले जानकारी दिए ।
हाल विचाराधीन १६ मुद्दासँग सम्बन्धित २४ जना पुरुष र छ बालबालिका गरी ३० जना थुनामा रहेका छन् । यसैगरी गत आवमा अदालतको फैसलाबाट तीन महिला र ५९ पुरुषसहित ६२ जना कैदका लागि कारागार चलान भएका छन् । जरिवाना नतिरेवापत जेल चलान हुने चार जना छन् ।
यस्तै गत वर्ष जिम्मेवारी सरेर आएका आठ र २६ नयाँ मुद्दामा दोषी ठहर भएकाबाट एक सय १६ वर्ष पाँच महिला २७ दिन कैद र रु ९९ लाख ४७ हजार पाँच सय १८ जरिवाना असुल उपर भएको छ । कार्यान्वयनका लागि निवेदन परेका ३९ मुद्दामा छ सय १३ वर्ष सात महिना २४ दिन कैद र रु तीन करोड ९८ लाख ७१ हजार ६११ जरिवाना असुल उपर गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी वायुको प्रभाव: देशभरको तापक्रम क्रमशः घट्दो
कात्तिक २, २०८१ शुक्रबार
गोविन्दे हात्तीमा रेडियोकलर जडान
कात्तिक १, २०८१ बिहिबार
विपद् जोखिम प्राधिकरण कार्यकारी समितिको बैठकले के के निर्णय गर्यो ?
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
‘पुष्पा २ : द रुल’ रिलिज हुनुअघि नै उत्कृष्ट प्रि कलेक्शन
कात्तिक २, २०८१ शुक्रबार
कोलम्बियामा तस्करी रोक्न दुर्लभ भ्यागुताको कानुनी व्यापार
कात्तिक २, २०८१ शुक्रबार
सुन तोलाकै एक लाख ६४ हजार !
कात्तिक २, २०८१ शुक्रबार
आज मन्त्रिपरिषद्को बैठक, सत्यनरिुपण तथा मेलमिलाप आयोग गठनबारे निर्णय हुने
कात्तिक २, २०८१ शुक्रबार
तीन महिनाको खर्च र आम्दानी: निर्माण व्यवसायी र दुग्ध किसानको रकम भुक्तानी गर्दा खर्चमा देखियो सुधार
कात्तिक २, २०८१ शुक्रबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार