हिन्दू र मुस्लिमले मनाए एकै दिन आ-आफ्ना पर्व
नेपालबहस संवाददाता
साउन २, २०८१ बुधबार २१:५५:३४
२ साउन, महोत्तरी । मधेसमा आज एकै दिन हिन्दू तथा इस्लाम धर्मावलम्बीले आआफ्ना पर्व मनाएका छन् । हिन्दूले आज चन्द्रमास गणनाको असार शुक्ल एकादशीका दिन हरिशयनी पर्व मनाएका हुन् भने इस्लाम धर्मावलम्बीले मुहर्रम पर्व ।
हिन्दू परम्परामा असार शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस दिन भगवान विष्णु देवी लक्ष्मीको माइती अर्थात् ससुराली समुन्द्रमा शयन मुद्रामा जाने परम्परागत विश्वास छ । शयन मुद्रामा गएका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन जागा हुने विश्वास गरिन्छ । विष्णु जागा हुने दिनलाई हरिबोधनी एकादशी भनिन्छ ।
सामान्यतया सबै एकादशी पवित्र मानिए पनि हरिशयनी र हरिवोधनी विशेष मानिन्छन् । जेठ शुक्ल एकादशीका दिन दल राखिएको तुलसीका बिरुवा आज मठमा रोप्ने गरिन्छ । दल राख्ने जेठ शुक्ल एकादशीलाई भने निर्जला भनिन्छ । आज मठमा तुलसी रोपण गरी व्रत बसेर विष्णुलक्ष्मीको आराधना र भजन किर्तन गरिन्छ । हिन्दू परम्पराअनुसार आज रोपिएका तुलसीको कात्तिक शुक्ल एकादशीका दिन विष्णुसँग विवाह गराइन्छ ।
इस्लाम धर्मावलम्बीले आज मुहर्रम पर्व मनाएका छन् । इस्लाम परम्पराको हिजरी सम्वत्को पहिलो महिना मुहर्रम भनिन्छ । आजैका दिन इस्लाम धर्म परम्पराको संरक्षण र प्रचारमा लागेका इमाम हुसैन र हसन दुई भाइ मक्का नजिकको कर्वला मैदानमा भएको युद्धमा सहादत पाएका सम्झनामा मुहर्रम मनाइन्छ । हसन हुसैन दुवै इस्लाम धर्म प्रवर्तक महम्मद पैगम्वरका नाति भएको र सत्यको पक्षमा लागेर युद्धमा सहादत प्राप्त गरेका हुँदा पूज्य मानिन्छन् ।
मुहर्रम पर्वका दिन हसन हुसैनको सम्झनामा कलात्मक तजिया बनाएर ठूलो चउर जसलाई इस्लाम धर्मावलम्बी ‘रैन’ भन्छन्, त्यहाँ पु¥याइन्छ । कयौँ बस्तीका तजिया एक ठाउँ भेला गराएर मुस्लिम समुदायले हसन हुसैनको युद्धलाई सम्झना गर्दै लाठीभालाको खेल प्रदर्शन गर्छन् । यहाँ यसलाई दाहा पनि भन्ने गरिएको छ ।
इस्लाम परम्परामा मुहर्रम सत्यका लागि भएको सहादतका रुपमा पवित्र महिना मान्दछन् । मुख्यतः यो शोकलाई शक्तिमा रुपान्तरणको सङ्कल्प गरिने दिनका रुपमा मनाइने गरिएको महोत्तरीको भङ्गाहा–४ का ८५ वर्षीय हाजी बिहारी अन्सारी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
मंसिर १३, २०८१ बिहिबार
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
मंसिर १३, २०८१ बिहिबार
जाडोमा किन बढ्छ हृदयघातको जोखिम ?
मंसिर १३, २०८१ बिहिबार
अनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
काठमाडौं उपत्यका संसारकै तेस्रो प्रदूषित शहर [ फोटो फिचर ]
मंसिर १३, २०८१ बिहिबार