रोहित र विराट बारे नयाँ प्रशिक्षक गौतम गम्भीरले के भने ?
नेपालबहस संवाददाता
साउन ७, २०८१ सोमबार १२:२३:४५
७ साउन, काठमाडौं। श्रीलंका भ्रमणअघि पत्रकार सम्मेलनमा भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् ।
प्रशिक्षक बनेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै सोमबार गौतम गम्भीरले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् ।
उनले भने, ‘मलाई लाग्छ कि उनले टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा के दिन सक्छन् भन्ने देखाएको छ । मलाई लाग्छ दुबैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि धेरै क्रिकेट बाँकी छ ।' उनले भने 'दुवै धेरै उत्प्रेरित छन् र २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन् । यो उनको व्यक्तिगत निर्णय हो । म भन्न सक्दिन कि उनीहरुमा कति क्रिकेट बाँकी छ तर यो पूर्णतया उनमा निर्भर छ ।'
गम्भीरले विराट र रोहित अझै पनि विश्व स्तरका खेलाडी रहेको र कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार