बाराको कोल्हवीमा करोडौंको लागतमा एकीकृत भवन निर्माण हुँदै
नेपालबहस संवाददाता
साउन ३, २०८१ बिहिबार १२:४१:४८
♦ सञ्जय मिश्रा
३ साउन, रौतहट । बाराको कोल्हवी नगरपालिका स्थित करोडौंको लागतमा कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माण सुरु भएको छ ।
कोल्हवी १ स्थित कृषि तथा पशु सेवाको लागि एकीकृत भवन निर्माणका लागि मेयर राम प्रसाद चौधरी र उप-मेयर लक्ष्मी कुमारी चौधरीले संयुक्त रुपमा विधिवत् पूजा पाठ गरि उक्त भवनको शिलान्यास गरेका छन ।
आर्थिक करिडोर कार्यालय (रिड) वर्दिवास,महोत्तरीको २ करोड ३९ लाख ४२ हजार ७७४ रुपैया २७ पैसाको आर्थिक सहयोगमा उक्त भवन सि.एम कन्स्ट्रक्सन जोरपाटी काठमाडौंले निर्माण गर्ने ठेक्का पाएको छ ।
करिडोरले आफ्नो तेस्रो चरणको भवन निर्माण अन्तर्गत उक्त भवन निर्माण गर्न लागेको पशु सेवा कार्यालय कोल्हविका प्रमुख शम्भु पनुहरले जानकारी दिएका छन्।
ठेकदार कम्पनीले आगामी ७ महिना भित्र भवन निर्माणको काम पूरा गर्ने सम्झौता गरेको छ। भवन निर्माण पछि कृषि र पशुको एउटै भवनबाट सेवा प्रवाह हुने भएकाले किसान तथा पशु पालकहरुलाई सहज हुने वडा १ का अध्यक्ष राजहरण चौधरीले खुसी व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार