युवराज खतिवडा आर्थिक सल्लाहकार भएपछि रोकियो आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार ११:२४:११
४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई ल्याएपछि मौद्रिक नीति रोकिएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक नीति सार्वजनिक नगर्ने भएको छ । सञ्चालक समितिमा मौद्रिक नीतिबारे थप छलफल गर्नुपर्ने भएकाले आज रोकिएको भने पनि खतिवडाले अध्यायन गर्ने भनेपछि रोकिएको हो ।
सञ्चालक समितिमा छलफल गरी पारित गरेर शुक्रबार सार्वजनिक गर्ने भनिएको थियो । ओलीको आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेपछि रोकिएर्को स्रोतकोभनाइ छ । अबम ौद्रिक नीति प्रधानमन्त्रीको सचिवालयको प्रत्यक्ष छाया परेको छ । खतिवाडा पूर्व गभर्नर र पूर्व अर्थमन्त्री हुन् ।
उनको नियुक्तिसँगै प्रत्यक्ष रूपमा राष्ट्र बैंकमाथि डा.खतिवडा हाबी हुनेछन् । यता राष्ट्र बैंकले भने सञ्चालक समितिमा मौद्रिक नीतिबारे पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले केही समय होल्ड गर्नुपरेको जनाएको छ । जेठ १५ गते सरकारको वित्त नीति (बजेट) सार्वजनिक भएसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालिसकेको थियो ।
अनलाइन तथा भौतिक रूपमा निजी क्षेत्र, आर्थिक विज्ञ तथा सरोकारवाला निकायहरुसँग सुझाव लिएको राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरिसकेको थियो । पहिलो पटक मौद्रिक नीतिकै सन्दर्भमा आवश्यक सल्लाह तथा सुझाव समिति समेत गठन गरेर सहयोग लिएको राष्ट्र बैंकले साउनको पहिला आज शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार
अमेरिकी डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कस्तो छ ?
पुष २०, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार