पहेँलो धातुसहित विमानस्थलबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
साउन ४, २०८१ शुक्रबार २२:१७:२०
४ साउन, काठमाडौं । प्रहरीले भन्सार छली लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुनजस्तो देखिने पहेँलो धातुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ, बाग्लुङ नगरपालिका–४ का ३६ वर्षीय शम्शेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ का ३६ वर्षीय नुमबहादुर थापामगर र बारा जितपुरसिमरा उपमहानगरपालिका–२४ का ४३ वर्षीय साहेव देवन रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार हिमालयन एयरलाइन्सको उडानद्वारा नेपाल आएका शम्शेर र नुम बहादुरलाई जनही रु नौ÷नौ हजार दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रुपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूका साथबाट प्रहरीले बाला दुई थान, औँठी एक थान र चन्द्र विन्दु एक थानसहित बिहीबार बिहान विमानस्थलमा खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रवक्ता कार्कीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार