स्याङजा स्रष्टा सदनको अध्यक्षमा गायक पशुपति शर्मा र महासचिवमा रिजाल निर्वाचित
नेपालबहस संवाददाता
साउन ५, २०८१ शनिबार १५:३९:४२
५ साउन, काठमाडौं । स्याङ्जा जन्मभूमि भई देश विदेशका विभिन्न ठाउँलाई कर्मभूमि बनाएर गीत-संगीतका माध्यमबाट संस्कृतिको जगेर्ना गर्न एकताबद्ध स्याङजाली कलाकारहरूको साझा संस्था स्याङजा स्रष्टा सदनको दोस्रो अधिवेशनले चर्चित गायक पशुपति शर्माको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको छ ।
हिजो शुक्रबार काठमाडौंको सामाखुशी स्थित स्काई ब्याङकेटमा सम्पन्न स्याङ्जा स्रष्टा सदनको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट लोकगायक शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल सरकारका सहसचिव डा.टोकराज पाण्डेले उद्घाटन गरेको सो साधारण सभामा विशिष्ट अतिथिका रुपमा स्याङजा पत्रकार समाज नेपालका अध्यक्ष इन्द्र रिजाल, मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल, गरिमा विकास बैंकका सीईओ माधव आचार्य, नेपाली कांग्रेस स्याङजाका प्रवक्ता भरत लम्साल, विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी, नेपाल सरकारका उपसचिव शशी कुमार लम्साल, गोविन्द गिरीलगायतका वक्ताहरुले शुभकामना दिँदै स्याङजाको सांस्कृतिक एवं समग्र विकासमा कलाकारहरूको अहंम भूमिका हुने बताएका थिए ।
साधारण सभाले कार्य समितिको वरिष्ठ उपाध्यक्षमा गीतकार एवं चर्चित गायक शिव हमाललाई प्रथम उपाध्यक्षमा गायक खुमन अधिकारी, द्वितीय उपाध्यक्षमा शंकर बिरही गुरुङ, महिला उपाध्यक्षमा भीमु गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको छ । त्यसैगरी सभाले चर्चित गायक घनश्याम रिजाललाई दोस्रो पटक महासचिवमा निर्विरोध निर्वाचित गरेको छ ।
सदनको उपमहासचिवमा अर्जुन थापा, कोषाध्यक्षमा सुजन लम्साल, सचिवमा रमेश बाबु थापा, सचिवमा प्रसाद लामिछाने, सह कोषाध्यक्षमा शिशिर पौडेल निर्विरोध चयन भएका छन् । सदस्यहरूमा क्रमशः राजु गुरुङ, माया गुरुङ, कमला गैह्रे, प्रकाश पराजुली, दिनेश क्षेत्री, सुनिता नेपाली, यज्ञ सापकोटा, अस्मिता रणपाल र पवित्रा काफ्ले निर्वाचित भएका छन् । सदनको प्रवक्तामा भने चेतन गोतामे चयन भएका छन् ।
संस्थाका अध्यक्ष रामजी खाँणको सभापतित्वमा भएको उक्त कार्यक्रममा कलाकारहरूले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेर उपस्थित आमन्त्रितहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
थाइल्याण्डका प्रधानमन्त्रीको २० लाख डलरका ह्यान्डब्याग र ५० लाख डलरका घडी
पुष १९, २०८१ शुक्रबार
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ गर्ने प्रहरीको प्रयास विफल
पुष १९, २०८१ शुक्रबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार