ओलीप्रति माधव नेपालको कटाक्षः साथीलाई नर्क पुर्याएर आफू स्वर्गतिर लाग्नु भो, भोलि पछुताउनु नपरोस
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १६:५९:१
६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघाती राजनीति गरेको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विगतमा ओलीले स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने भनेर आश्वासन दिएपनि बिचबाटोबाटै छाडेर अर्को बाटो लागेको भन्दै नेपालले कटाक्ष गरेका हुन् ।
विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा राखेको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले शासन होइन, जनता बलियो बनाउनुपर्ने बताए । नेपालले राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जंगबहादुर नखोजेको बताए ।
उनले नयाँ गठबन्धनको औचित्यलाई लिएर प्रश्न गरे । ओली र यसअघिका प्रधानमन्त्री प्रचण्डबीच स्वर्ग वा नर्क सँगै जाने भनेर दिएको वचनमाथि व्यंग्य हाने । गठबन्धन तुरुन्त तोडेर अर्को सहकार्य केका लागि जरुरी थियो ? त्यसमा पनि पाँच वर्ष सँगै जाने । स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने । सुन्दै आनन्द लाग्ने कुरा । आफू स्वर्गतिर लाग्यो । अर्कोलाई लात्ति हिर्काएर नर्कतिर पुर्यायो । यसरी वचन दिएको सुन्नमा आएको छ । अचानक किन गठबन्धन फेरियो ?, उनले भने ।
उनले अघिल्लो साँझसम्म ओत लागेको गठबन्धन सरकार भोलिपल्टको मिर्मिरेअघि नै ढालेर स्थिरताको कुरा गरिएको बताए । नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको पनि बताए । उनले शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने बताए । भोलि पछुताउनु नपरोस् । नेपाल जस्तो भूराजनीतिक संवेदनशीलता भएको बहुलता भएको देशमा निर्वाचित नै किन नहोस् । एउटा व्यक्तिगको स्वेच्छाचारी शासन सम्भव छैन, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार
‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
आगामी नेपाल प्रिमियर लिग चितवनमा गर्नेगरी काम अघि बढाएका छौँ : मेयर रेनु दाहाल
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
विश्व खाद्य वस्तुको मूल्य सन् २०२४ मा दुई प्रतिशतले गिरावट
पुष १९, २०८१ शुक्रबार
पछिल्लो समय अनलाइन ठगी बढेको भन्दै विशेष सावधानी अपनाउन सीआइबीको आग्रह
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रीय समिति बैठक स्थगित
पुष १९, २०८१ शुक्रबार
स्थिरता, स्थायित्व र विकासका लागि वर्तमान सरकार : उपप्रधानमन्त्री सिंह
पुष १९, २०८१ शुक्रबार