हिसाब मिलानपछि मात्रै लाइन जोड्न प्राधिकरणलाई ट्रेड युनियनको दवाव
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार १८:२:३८
६ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका ट्रेड युनियनहरूले डेडिकेटेड तथा ट्रंकलाइनको हिसाब मिलान गरेपछि मात्रै लाइन जडान गर्न माग गरेका छन् । प्राधिकरण सम्बद्ध ट्रेड युनियनले आइतबार एक ध्यानाकर्षण पत्रमार्फत हिसा मिलान गरेपछि मात्रै लाइन जडान गर्न माग गरेका हुन् ।
उनीहरूले डेडिकेटेड फिडर तथा ट्रेड लाइनको विद्युत महसुल बक्यौता रकम नियमानुसार असुलउपर गर्ने सन्दर्भमा प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरू प्राधिकरणलाई आइपर्ने हरेक चुनौतीको सामना गर्न तयार रहेको जनाएका छन् ।
उनीहरूले प्राधिकरणको हितविपरीत कार्य भएमा आन्दोलित हुन बाध्य हुने पनि चेतावनी दिएका छन् । उद्योगीहरूले विद्युतको लागतसमेत उत्पादित वस्तु तथा सामग्रीहरूमा समायोजन गरी बिक्री गरेको यथार्थता सबैले अनुभूति गरेको र निरन्तर विद्युत् सुविधा लिएका उद्योगीले आफूले उपयोग गरेको विद्युत्को महसुल नतिर्न गरिरहेको बाहनाबाजीको प्राधिकरणले सामना गरिहरेको जारी सूचनामा उल्लेख छ ।
प्राधिकरणको विद्युत् महसुल संकलन विनियमावली, २०७८ अनुसार मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्युत् महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था रहेकोबारे ध्यानाकर्षण गराउँदै हिसाब मिलानपछि मात्रै लाइन जोड्नुपर्ने माग गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार