दैनिक ९७ सडक दुर्घटना, औसतमा ७ जनाको मृत्यु
नेपालबहस संवाददाता
साउन ६, २०८१ आइतबार २१:३०:३८
६ साउन, काठमाडौं । नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत वर्ष मात्रै ३५ हजार चार सय चार वटा सवारी दुर्घटना भएका छन् ।
ती दुर्घटनामा परी दुई हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने छ हजार एक सय ६० गम्भीर र २५ हजार नौ सय ९६ जना साधारण घाइते भएका छन् । सवारी दुर्घटनामा एक सय एक चौपायासमेत मरेका छन् ।
सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क छ । गतवर्ष १९ हजार नौ सय ८४ मोटरसाइकल÷स्कुटर, छ हजार आठ सय ३७ कार/जिप, दुई हजार एक सय ९३ बस, एक हजार पाँच सय २० साइकल/रिक्सा, एक हजार चार सय ६८ ट्रक/ट्याङ्कर, एक हजार चार सय ७४ टेम्पो/म्याजिक, सात सय ८३ ट्रयाक्टर र चार सय माइक्रोबस दुर्घटना भएका थिए ।
एक अर्ब ७५ करोड ट्राफिक राजस्व
ट्राफिक प्रहरीले गत वर्ष २२ लाख ९१ हजार आठ सय १७ वटा कारबाहीमा रु एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार सात सय ६० राजस्व सङ्कलन गरेको छ । गत वर्ष २४ लाख वटा ट्राफिक कारबाहीमा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन भएको थियो ।
सत्र सय प्रहरीमाथि कारबाही
प्रहरीले सङ्गठनको आचरणविपरित काम गर्ने एक हजार सात सय एक प्रहरी कर्मचारीलाई कारबाही गरेको छ । कारबाहीमा पर्ने सबैभन्दा बढी प्रहरी जवान छन् । गतवर्ष तीन प्रहरी वरिष्ठ उपरीक्षक, एक प्रहरी उपरीक्षक, ११ प्रहरी नायब उपरीक्षक, २६ प्रहरी निरीक्षक, १६ प्रहरी वरिष्ठ नायब निरीक्षक, ४८ प्रहरी नायब निरीक्षक, एक सय १८ प्रहरी सहायक निरीक्षक, ६७ प्रहरी वरिष्ठ हवल्दार, दुई सय ८२ प्रहरी हवल्दार, तीन सय ३८ प्रहरी सहायक हवल्दार, सात सय ६४ प्रहरी जवान र २७ प्रहरी कार्यालय सहयोगीलाई कारबाही गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
गतवर्ष प्रहरी अतिरिक्त महानिरीक्षकसहित आठ हजार आठ सय ३४ जनालाई पुरस्कृत गरिएको छ । सो वर्ष १२ वरिष्ठ प्रहरी अधिकृत, दुई सय ३५ कनिष्ठ प्रहरी अधिकृत र पाँच सय ४५ अन्य दर्जा गरी कूल सात सय ९२ जनाले राजीनामा दिएका छन् भने विभिन्न तहका पाँच सय ४४ जना अनिवार्य अवकाशमा गएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
रौतहटको ग्रामीण क्षेत्रमा दुर्घटना बढ्यो : एकको मृत्यु, एक गम्भीर घाइते
कात्तिक १, २०८१ बिहिबार
होटलको तेस्रो तलाबाट खसेर चर्चित पप गायक ल्याम पेनेको मृत्यु
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
भ्रष्टाचारी ठहर भएकाले दिएको दान लिनु पनि भ्रष्टाचार हो भन्दै ओलीविरुद्ध अख्तियारमा पर्यो मुद्दा
कात्तिक १, २०८१ बिहिबार
तीन महिनाको खर्च र आम्दानी: निर्माण व्यवसायी र दुग्ध किसानको रकम भुक्तानी गर्दा खर्चमा देखियो सुधार
कात्तिक २, २०८१ शुक्रबार
१०० दिन नपुग्दै प्रतिपक्षी दलहरूको सरकारविरुद्ध मोर्चाबन्दी, प्रचण्डको अग्रसरतामा बैठक
कात्तिक २, २०८१ शुक्रबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार