सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन सुरु
नेपालबहस संवाददाता
साउन ८, २०८१ मंगलबार १८:३४:११
८ साउन, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत पहिलो बैठक कारबाही आजदेखि सुरु भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका दलले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले आज दिउँसो २ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका थिए ।
बैठकको कारबाही प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तपत्रको व्यहोरा वाचन गरेर अर्को सूचना प्रकाशित नभएसम्म आजको बैठक स्थगित गरिएको जानकारी दिए । प्रदेशसभा सचिवालयका उपसचिव तेजप्रकाश जोशीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वनसम्बन्धी प्राप्त पत्रमा अधिवेशन बोलाउनुपर्ने कारण नखुलाइएकाले आज पहिलो बैठक सुरु भए पनि थप कारबाहीअघि नबढेको बताए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णय बमोजिम प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान गर्नुको कारण खुलेर आएपछि सोही बमोजिम बैठकका कारबाहीअघि बढ्ने जोशीले बताए । केन्द्रमा समीकरण फेरिएसँगै गत असार २३ गते नेकपा (एमाले) प्रदेश सरकारबाट बाहिरिएपछि नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
योसँगै गत असार १ गते प्रदेशसभामा प्रस्तुत आव २०८१/८२ को बजेट पारित हुन सकेको छैन । कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याउने प्रयास गर्दा कांग्रेस, एमालेसहितका दलले प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष निवेदन दिएका थिए । सरकारको सिफारिसमा प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको दोस्रो दिन यही साउन ४ गते प्रदेशसभाका सदस्यको माग बमोजिम प्रदेश प्रमुखले अर्को अधिवेशन आह्वान गरेको हो ।
प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरी सयममै पारित गर्न ढिलाइ गरिएको, अध्यादेशमार्फत पनि बजेट नल्याइएपछि आव २०८१÷८२ सुरु भएको दिनदेखि प्रदेश सरकार मातहतका निकायको राजस्व सङ्कलन र खर्च गर्ने कार्य ठप्प छ ।
कांग्रेस, एमालेलगायत दलले प्रदेशलाई बजेट शून्यताको अवस्थामा पु¥याइएको भन्दै विरोध गर्दै आएका छन् । कूल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, नेकपा (एमाले)का ११, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु
असोज २९, २०८१ मंगलबार
जनताको सेवा निस्वार्थ भावले गर्न मुख्यमन्त्री शाहको निर्देशन
असोज १७, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार
दशैंमा कोशीमा दुई सय ६९ सवारी दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए
कात्तिक २, २०८१ शुक्रबार
घोडेपानीमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत छुट
कात्तिक २, २०८१ शुक्रबार