निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सिफारिस अनुमोदन नहुने संकेत, आज समितिले गरेन निर्णय
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार १७:२९:५४
९ साउन, काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको बुधबारको संसदीय सुनुवाइ सकिएको छ । उनले सुरुमा आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि सुरु भएको प्रश्नोत्तरका क्रममा सांसदहरूले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् ।
जागिर लगाइदिने प्रलोभनमा पारेर निरन्तर यौन दुर्व्यवहार गरेको भन्दै प्रधानमाथि उजुरी परेको थियो । सुनुवाइ समितिमा अधिकांश सांसदहरूले यही उजुरी केन्द्रित प्रश्न प्रधानलाई सोधेका थिए । तर प्रधानले सांसदहरूले सोधेका प्रश्न टार्न खोजिरहे । सांसद ईश्वरी घर्तीले प्रधानमाथि परेको यौन दुर्व्यवहार आरोपबारे प्रश्न सोधेकी थिइन् । मिलापत्र गर्न पैसा दिएको विषय के हो भन्ने उनको प्रश्न थियो ।
सांसद जीवन परियारले निर्वाचन आयोगको आयुक्त हुनका लागि उच्च नैतिक चरित्र भएको मानिस हुनुपर्ने भएकोले प्रधानमाथिका आरोपले उच्च नैतिक चरित्र नदेखिएकोमा के प्रतिक्रिया छ भनेका थिए । सांसद ईश्वरीदेवी न्यौपानेले यौन दुर्व्यवहार, शारीरिक हिंसा र त्यसमा पैसाको लेनदेन भएको उजुरीबारे जबाफ मागेकी थिइन् ।
सांसद महेश बर्तौलाले प्रधानलाई आफूविरुद्द लागेको आरोपको कसरी बचाउ गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । गम्भीर प्रश्न समाजमा छन् । तीन चार वटा उजुरी एउटै खालको छ । तपाईंलाई (प्रस्तावित पदमा) अयोग्य ठानेमा कसरी आफ्नो बचाउ गर्नुहुन्छ ? । सांसद प्रकाश अधिकारीले पनि प्रधानलाई आफूविरुद्ध लागेको उजुरीबारे स्पष्ट पार्न आग्रह गरेका थिए ।
सांसद डोलप्रसाद अर्याल (डीपी) ले प्रधानको सम्पत्तिमाथि नै प्रश्न उठाए । एक करोड २५ लाख रुपैयाँ दिन सक्ने भनेपछि त तपाईंको आयस्रोतमाथि नै अनुसन्धान गर्नुपर्ने देखिन्छ, यसमा के भन्नुहुन्छ ?।
सांसदहरूले सोधेका प्रश्नलाई प्रधानले अस्वीकार भने गरेनन्। उनले यो विषय मिलापत्र भई अदालत बाटै टुंगिएको बताएका थिए । यौन दुर्व्यवहारसम्बन्धी आफूमाथि लागेका आरोपको अस्वीकार नगरेका उनले आयस्रोत बारेको प्रश्नमा पनि जबाफ दिएनन् । सुनुवाइ समितिले प्रधानलाई गरिएको सिफारिसमा बुधबार कुनै निर्णय लिएन । सांसदहरूका अनुसार यसबारे अर्को बैठकमा निर्णय हुनेछ । तर अर्को बैठक कहिले बस्ने मिति तोकिएको छैन । सांसदहरूले प्रधानलाई अनुमोदन गर्न नसकिने संकेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार