प्रदेश निजामती सेवा नियमावली, २०८१ स्वीकृत गर्ने कोशी मन्त्रिपरिषदको निर्णय
नेपालबहस संवाददाता
साउन ९, २०८१ बुधबार २१:४८:१
९ साउन, विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली, २०८१, कोशी प्रदेश गुनासो व्यवस्थापन निर्देशिका, २०८१ लाई स्वीकृत गर्नेलगायत चारवटा निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले उक्त निर्देशिका स्वीकृत गरेसँगै नागरिकको प्रदेश सरकारप्रतिको जिज्ञासा र सूचना माग गर्ने मौलिक हकलाई सुरक्षित गरिएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले बताए ।
“कोशी प्रदेशवासीले सरकारका विषयमा जिज्ञासा राख्न पाउने र सूचना माग्न पाउने मौलिक हक यो निर्देशिकाले थप सुनिश्चित गरेको छ”, उनले भने। बैठकले प्रदेश किताब खाना कार्य सञ्चालन निर्देशिका, २०८० र राहत वितरणसम्बन्धी मापदण्डको दोस्रो संशोधनलाई स्वीकृतसमेत गरेको छ ।
यसअघि प्राकृतिक तथा दैविक प्रकोपबाट एकैघरका जतिजनाको मृत्यु भए पनि राहतस्वरुप रु एक लाखमात्रै दिन पाउने व्यवस्था रहेकामा मापदण्ड संशोधन गरेपछि प्राकृतिक विपत्ती तथा आगलागीजन्य प्रकोपमा परी मृत्युभएका व्यक्तिलाई जनही रु एक लाख दिने र एकैपरिवारका धेरै सदस्यको मृत्यु भएमा थप प्रतिव्यक्ति रु ५० हजार दिइने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको मन्त्री अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार