बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले दिएन आदेश
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १५:४७:३६
१० साउन, काठमाडौं । सर्वोच्च अदालतले बेचन झालाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । उनलाई थुनामुक्त गर्न दिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि फैसला सुनाउँदै सर्वोच्चले थुनामै राख्ने आदेश दिएको छ । झालाई हिरासतमा नराख्न माग गर्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन खारेज भएको छ । झा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परि अनुसन्धानका लागि थुनामा छन् ।
न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले बन्दी प्रत्यक्षीकरण निवेदन अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको दिएको छ । जिल्ला अदालतको अनुमति लिएर अनुसन्धानका लागि थुनामा राखेको देखिएको भन्दै सर्वोच्चले उक्त निर्णय सदर गरेको हो । जिल्ला अदालत काठमाडौंले संगठित अपराधमा अनुसन्धानका लागि पटक पटक म्याद थप गरेर थुनामा राखेपछि झाका तर्फबाट छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनसम्मको अवधि पाउने भएकाले अझै केही समय प्रहरीले अनुसन्धानका लागि थुनामै राख्न चाहेमा म्याद थप गर्न सक्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतको अपहेलनासम्बन्धी मुद्दामा बार अध्यक्ष घिमिरेको विवादित अडिओ झिकाउन आदेश
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
पुष २३, २०८१ मंगलबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला क्रिकेट : डडेल्धुराद्वारा कञ्चनपुर पराजित
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार