अर्घाखाँचीको अर्घा दरबार पुनः निर्माण थालियो
नेपालबहस संवाददाता
साउन १०, २०८१ बिहिबार १६:५६:१७
१० साउन, अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीयस्थल अर्घा दरबार पुनः निर्माण थालिएको छ । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रमणीय थलो हो । बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर र दरबार रहेको छ ।
पन्ध्रौँं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजया दशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ । सराये नाचको प्रमुख उदगमस्थलको रुपमा अर्घाको दरबार र अर्घा भगवती मन्दिर रहेको छ । बाइसे चौबिसेराज्य अन्तर्गत पर्ने यस राज्यको दरबार पहिलेकै अवस्थामा रहने गरी पुरानै शैलीमा पुरातत्व विभागले निर्माण कार्य अघि बढाएको हो ।
पुरातत्व विभागको अन्वेषण र खोजीका आधारमा बाइसे चौविसे राज्य अन्तर्गत पर्ने राज्यकालको अवधिमा भएको डिजाइन र शैलीमा नै पुरातत्व विभागद्वारा निर्माणकार्य सुरु भएको दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताए । दरबार पहिला तीन तले रहेको अनुसन्धानबाट पत्ता लागेको छ । दरबार निर्माण सुरु भएपछि अर्घा भगवती मन्दिरमा पर्यटक बढी आउने अपेक्षा गरिएको मन्दिरका पुजारी किशोर आचार्य बताउछन् ।
हाल मन्दिरमा भगवतीको मूर्ति प्रतिस्थापन गरिएको छ । सन्धीखर्क नगरपालिकाले अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको मूर्ति राखेको छ । मूर्ति प्रतिस्थापनसँगै मन्दिर तथा पौवा निर्माण गरिएको छ । दरबार तथा मन्दिर वरिपरि चिटिक्क पारिएको छ । लिच्छविकाल देखिनै दरबार तथा मन्दिरमा पूजाआजा हुँदै आएको बताइन्छ ।
लुम्बिनीमा आएका पर्यटक तथा अर्घाखाँचीकै धार्मिक पर्यटकीयस्थल सुपा देउरालीमा आएका पर्यटकलाई सदरमुकाम सन्धीखर्क हुँदै अर्घामा लैजान सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै गुल्मीको रेसुङ्गा र प्युठानको स्वर्गद्वारीमा आएका पर्यटकलाई अर्घा दरबारतर्फ आकर्षित गराउने उद्देश्यले मूर्ति स्थापना गरिएको उनी बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले क्षति पुर्याएको झोलुङ्गे पुल मर्मतपछि सञ्चालन
असोज २५, २०८१ शुक्रबार
कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने सरकारको तयारी
असोज २५, २०८१ शुक्रबार
निर्माण व्यवसायीले समयमै काम नगर्दा कर्णाली प्रदेश ३३ ठूला आयोजना अलपत्र
असोज २३, २०८१ बुधबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार