चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहूर्त, सुरक्षा र निमेषको प्रमुख भूमिका
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १३:१९:८
११ साउन, काठमाडौं। ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने नेपाली चलचित्र ‘लाइफ ड्यामेज’को शुभमुहुर्त गरिएको छ। केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो चलचित्रलाई निर्देशन गर्दैछन्।
निमेष आफैले अभिनेत्री सुरक्षा पन्तसँग यस चलचित्रमा स्क्रिन शेयर गर्दैछन्। शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो। मुहूर्तमा सुरक्षा र निमेशसहित चलचित्रका प्रमुख कलाकारहरू र प्राविधिक टोली उपस्थित थिए।
फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस चलचित्रमा सुरक्षा, निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनीश जङ्ग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ। यसै वर्ष रिलिज लक्ष्य राखिएको चलचित्रलाई निमेष श्रेष्ठ र ईशा थापाले लेखेका हुन्।
पहिलो पटक चलचित्र निर्देशन गर्न लागेका श्रेष्ठले यो चलचित्र ‘फेन्टासी कमेडी ड्रामा’ श्रेणीमा बन्ने बताए। चलचित्रको विषयबारे बोल्दै उनले भने, “अर्काको जुत्तामा उभिदा वा अरूको जीवन बाँच्दा हुने अनुभव कस्तो हुन्छ भनेर हामीले यस चलचित्रमा देखाउन खोजेका छौँ।”
यसमा प्रवीण खड्काको डिओपी, निमा श्रेष्ठको सम्पादन, अभिषेक खरेलको प्रोडक्सन डिजाइन, जेनिश शाक्यको प्रोडक्सन व्यवस्थापन, आयुष महर्जनको कला निर्देशन, वर्षा श्रेष्ठको मेकअप, दीपेश चौधरीको कलर ग्रेडिङ, उत्साह श्रेष्ठको कस्ट्युम डिजाइन तथा आशिष सापकोटाको ग्राफिक्स र फाइनान्स रहनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार
'कार्साङ'को कलाकार टिम माघ २ गते हलहलमा जाने
माघ १, २०८१ मंगलबार
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक
पुष २८, २०८१ आइतबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
माघे संक्रान्तिका दिन सुनचाँदी दुवैको मूल्य घट्यो
माघ १, २०८१ मंगलबार
नेपाल टेलिकमको बिलिङमा हुवावेलाई सर्वोच्चको आदेशबाटै प्रतिबन्ध
माघ १, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन
माघ २, २०८१ बुधबार
वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध
माघ २, २०८१ बुधबार
दिक्तेल रुपाकोट मझुवागढीमा ‘कृषकसँग उपप्रमुख कार्यक्रम’
माघ २, २०८१ बुधबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला
माघ २, २०८१ बुधबार