तोकिएको बैंक खातामा विप्रेषण पठाउने सर्तमा विदेश जान श्रम स्वीकृति लिएकालाई बिनाधितो ऋण दिइने
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १४:१:४०
११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । यसमा तोकिएको बैंक खातामा नै विप्रेषण पठाउनुपर्ने सर्त राखिएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार यस्तो व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको हो । यसका लागि विदेश जानेले बैंक खातामा विप्रेषष पठाउने सुनिश्चितता गर्नुपर्नेछ । बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने भएको हो ।
यसैगरी बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने भएको छ । राष्ट्र बैंकले बजेट वक्तव्यमा उल्लेख भएको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।
मौद्रिक नीतिका खास व्यवस्था:
(१) लघुवित्त मर्जरलाई प्रोत्साहन: सेवाशुल्क पुनरवलोकन हुने, कर्जा पुनर्तालिकीकरण गरिने
(२) असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्था घट्यो, १.१० प्रतिशत कायम
(३) महँगी वृद्धिदर ५ प्रतिशतमा सीमित राख्ने
(४) चेक बाउन्सलाई आधार मानेर कालोसूचीमा राख्ने व्यवस्था परिवर्तन गरिने
(५) घट्यो बैंकदर र नीतिगत दर, निक्षेप संकलन दर ३ प्रतिशतमै यथावत्
(६) व्यवसायको लागि विदेशी सटही सुविधा बढ्यो, ५० हजार डलर कायम
(७) सेयर धितो कर्जाको २० करोडको सीमा खारेज
(८) निर्माण व्यवसायीले मंसिरसम्म कर्जा तिर्ने गरी पुनर्तालिकीकरण हुने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार
अमेरिकी डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कस्तो छ ?
पुष २०, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
गाजा युद्धविराम वार्ता कतारमा पुनः सुरु, इजरायली कारबाही जारी
पुष २१, २०८१ आइतबार
ड्रोन आक्रमणमा परी रूसी पत्रकारको मृत्यु, अन्य चार जना घाइते
पुष २१, २०८१ आइतबार
गोरखाबाट पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
पुष २१, २०८१ आइतबार
भिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार