रौतहटमा ४७४ एचआईभी संक्रमित
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १४:३४:१०
सञ्जय मिश्रा
११ साउन, रौतहट । पछिल्लो समय भारतीय सहरहरू बाट सर्दैगर्दा रौतहटमा एचआइभी एडस संक्रमितको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्षमा जिल्लाको १८ स्थानीय तहमा कुल संक्रमितको संख्या ४७४ पुगेको हो ।
त्यस अघिको आर्थिक बर्ष २०७९/०८० मा एचआइभी एडस संक्रमितको संख्या मात्र ३३२ रहेको थियो। एक बर्षको अवधिमा जिल्लाभरीमा १४२ जना एचआइभी एडस संक्रमित बढेको संक्रमितहरुको रोकथाम तथा सचेतना सम्बन्धी काम गदै आएको सप्तरंगी नेपाल चन्द्रनिगाहपुरकी संयोजक जिना राना मगरले बताएकी छिन् ।
सबैभन्दा बढी राजपुर नगरपालिकामा एचआइभी एडस संक्रमित देखिएको छ । राजपुरमा ६३ जना संक्रमित रहेको संयोजक मगरले जानकारी दिएकी छिन । दोश्रोमा इशनाथ नगरपालिकामा अहिले सम्म ५२ जना संक्रमित रहेका छन ।
चन्द्रपुर नगरपालिकामा अहिले सम्म ३७ जना संक्रमित रहेका छन् । यसैगरी गौर नगरपालिकामा ३५, गुजरामा २० जना,फतुवा बिजयपुरमा १० ,कटहरियामा २० ,बृन्दावनमा १०,गढीमाइमा ११ जना संक्रमित रहेको संयोजक रानाले जानकारी दिएकी छिन ।
यस्तै माधब नारायण नगरपालिकामा १२ ,गरुडामा १९ ,देवाही गोनाहिमा २० ,मौलापुरमा १५ ,बौधीमाइ मा २० ,परोहामा २५ ,राजदेबी नगरपालिकामा २५ र यमुनामाइ २१ ,दुर्गाभगबती गाउपालिकामा २० जना तथा अन्य ३४ जना गरी रौतहटमा ४ सय ७४ जना संक्रमित रहेको तथ्याङकमा उल्लेख गरेको छ ।
२०७१ साल यता जिल्लामा एचआइभी एडस रोगको कारण ४२ जनाको मृत्यु भएको प्रादेशिक अस्पताल गौरका एचआइभी एडस शाखाका प्रमुख शेष असरफ अलीले जानकारी दिएका छन । एचआइभी एडस संक्रमितको उपचार सहज भएकाले रोग लागेको शंका लागेमा समयमै उपचार गर्न अस्पतालमा आउन सकेमा अनाहक मृत्यु बाट जोगिनसक्ने डाक्टर ठाकुरले जानकारी दिएका छन ।
जिल्लाको दक्षिणीभेग भारतीय सीमामा संग जोडिएको राजपुर, ईशनाथ नगरपालिकाका अधिकांश युवाहरु रोजगारीको लागि भारतको कलकता, मुम्बई, दिल्ली लगायतका सहरहरूमा जानेगरेको र उक्त भारतीय सहरहरूमा खुल्ला वेश्यावृत्ति हुने गरेको कारण एचआईभि संक्रमितको संख्या बढ्दै गएको जानकारहरूको ठम्याई रहेको छ।
शिक्षा र चेतनाको अभावले अती बिपन्न तथा पिछडिएका वर्गबाट भारतीय सहरमा रोजगारीका लागि जाने यहाँका युवकहरु सुरक्षाको साधन अपनाउन लापरबाही गरेको कारण संक्रमितको संख्या बढ्दै गएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराप्रपा महामन्त्री राणालाई क्यान्सर, भारतमा उपचार गर्दै
असोज ३०, २०८१ बुधबार
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
असोज ३०, २०८१ बुधबार
बर्दिवासको डेन्टल केयरको बदमासी : बालिकाको निकाल्न नै नहुने दाँत निकालेपछि...
असोज २९, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
चिन्तामा प्रधानमन्त्री ओली, तीन महिना नपुग्दै कसले चलायो दुई तिहाइको सरकार ढल्ने हल्ला ?
कात्तिक १, २०८१ बिहिबार
बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
कात्तिक १, २०८१ बिहिबार
पाइप बिछ्याउन कुलेखानी-फाखेल र सिस्नेरी-दक्षिणकाली सडक तीन दिन बन्द हुने
कात्तिक २, २०८१ शुक्रबार
टी-२० आई खेलमा नेपाको विजयी शुरुवात, घरेलु टोली अमेरिका १७ रनले पराजित
कात्तिक २, २०८१ शुक्रबार
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
कात्तिक २, २०८१ शुक्रबार
ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपीठ भरिभराउ
कात्तिक २, २०८१ शुक्रबार
वेस्ट इन्डिजविरुद्धको टी- २० सिरिजमा श्रीलंका २-१ ले विजयी
कात्तिक २, २०८१ शुक्रबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
कात्तिक २, २०८१ शुक्रबार