भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार
नेपालबहस संवाददाता
साउन ११, २०८१ शुक्रबार १८:३४:२
११ साउन, जनकपुर । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा भारत नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग तथा किन इण्डिया संस्थाको समन्वयमा उनीहरुलाई उद्धार गरी नेपाल ल्याइएको हो । बिहीबार साँझ नेपाल ल्याइएका उनीहरुलाई दुवै जिल्लाका मानव बेचविखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको थियो । आज जनकपुरधाममा परिवार मिलन कार्यक्रम गरी परिवारको जिम्मा लगाइएको हो । उनीहरु मजदुरीका लागि बिचौलियामार्फत भारत पुगेको र पाँच महिनादेखि सम्पर्कमा नभएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार