संसदीय सुनवाइ समिति बैठक बोलाइयो, प्रस्तावित निर्वाचन आयुक्त प्रधानबारे निर्णय हुने
नेपालबहस संवाददाता
साउन १२, २०८१ शनिबार १९:८:५९
१२ साउन, काठमाडौं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन संघीय संसदको संसदीय सुनुवाइ समिति बैठक बोलाइएको छ । संसदीय सुनुवाइ समितिका सचिवसमेत रहेका संसदका महासचिव पद्मप्रसाद पाण्डेयले समितिको बैठक साउन १४ गते सोमबार बिहान साढे ११ बजे बस्नेगरी बोलाएको जानकारी दिएका छन् । यस बैठकले प्रस्तावित आयुक्त प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने छ ।
यसअघि उनको समितिमा बुधबार सुनुवाइ गरिएको थियो । प्रधानमाथि महिलालाई यौन शोषण गरेको आरोप छ । पीडित महिलाले समितिमा नै आएर बयान दिएकी थिइन् भने उनले उजुरी पनि दिएकी थिइन् । सुनुवाइका क्रममा प्रधानले भने महिलासँगको विवाद अदालतमा मिलिसकेको बताएका थिए । यौन शोषण जस्तो गम्भीर आरोप लागेको व्यक्तिलाई संवैधानिक आयोगमा नियुक्त गर्न नहुने भन्दै चौतर्फी विरोध समेत भएको अवस्थामा समितिले सोमबार निर्णय लिन लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
इजरायली आक्रमणमा सात प्यालेस्टिनीको मृत्यु, कैयौँ घाइते
मंसिर १४, २०८१ शुक्रबार
ओपनिङ गर्ने बेला भारतीय क्रिकेटर पटेलको हृदयघातका कारण निधन
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार