त्रिशुलीमा हराएका बस खोज्ने कि नखोज्ने भन्ने विषयमा आज सुरक्षा समितिले निर्णय गर्ने
नेपालबहस संवाददाता
साउन १३, २०८१ आइतबार ११:१६:३४
१३ साउन, काठमाडौं । त्रिशुलीमा हराएका दुई बस खोज्ने क्रममा निराशा मात्र भेटिएको छ । थप खोजी कार्य अघि बढाउने कि रोक्ने भन्ने विषयमा छलफल गर्न जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको छ । सिमल ताल पहिरोमा बगेका बस र यात्रुको खोज्न आएको भारतीय प्राविधिक टोली पनि आइतबार आज फर्कने तयारीमा छ । भारतीय प्राविधिकहरूलाई आइतबार बिदाइ गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् ।
यस विषयमा छलफल गर्न जिल्ला सुरक्षा समितिको बैठक बस्दैछ । हालसम्म शव फेला परी सनाखत भएका र शव पनि फेला पर्न नसकेका बेपत्तालाई सरकारको निर्णय बमोजिम मृतक मानेर राहत प्रक्रिया सुरु गर्नेबारे छलफल हुनेछ । खोजीमा प्रयोग गरेको १९ किलोको चुम्बक पनि त्रिशूलीमै हराएको छ । खोजी कार्य गर्ने वा नगर्ने वा नेपाली टोलीले मात्र खोजी गर्ने भन्नेबारे समितिका निर्णय हुने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
भारतको राष्ट्रिय आपदमोचन बलका प्राविधिकहरू प्रविधिसहित एक हप्ताका लागि खोजीमा सघाउन नेपाल आएका थिए । पहिरोमा परेर त्रिशूलीमा बेपत्ता दुई वटा बस शनिबार १५ औं दिनमा पनि नभेटिएपछि खोजीका लागि अन्यौलता बढेको हो ।
गोताखोर र सोनार क्यामेरासहित खोजीमा संलग्न भारतीय टोलीले शनिबार १४ किलो र १९ किलोका दुई वटा चुम्बक प्रयोग गरेका थिए । तीमध्ये १९ किलोको चुम्बक पानीको बेगले त्रिशूलीमै हराएको छ । चार गोताखोरसहित आएका १२ जना प्राविधिकहरूले अघिल्लो आइतबारदेखि खोजी सुरु गरेका थिए । उपलब्धी हात नपरेपछि भारतीय टोलीले हालसम्म गरेको कामको समीक्षा गरेर धन्यवादसहित फिर्ता पठाइने यादवले जानकारी दिए ।
असार २८ गते शुक्रबार बिहान साढे तीन बजेतिर काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र बीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल नामको यात्रु बस नारायणगढदेखि करिब २३ किलो मिटरपूर्व उत्तर सिमलताल सिँदुरेगैरामा झरेको लेदोसहितको पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएका छन् । चितवन जिल्ला प्रशासनका अनुसार दुवै बसमा ६५ जना यात्रु थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकिराखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार