स्थानीय सरकार विनास र अराजकतातिर उन्मुख !
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १३:२४:५४
बिशाल बस्नेत
१३ साउन, महोत्तरी । महोत्तरीको बर्दिवासमा स्थानीय राजनीतिक दलहरूले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन । वडा अध्यक्ष बिराट बिष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकासको सट्टा विनास र अराजकता प्रवृतिको मलजल भएको निष्कर्ष निकालेका हुन ।
नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, राप्रपा र जसपासहितका स्थानीय राजनीति दलका प्रतिनिधिहरुको सहभागीमा वसेको बैठकले राजश्व चुहावट, जनभावनाविपरितका निर्णयले जनतामा सरकारप्रतिको बितृष्णा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्दै अन्याय र बेथितिविरुद्ध प्रतिवाद गर्ने वताएका छन ।
नेकपा एमालेका नेता सन्त परियारले जनभावनाको उपेक्षा गर्न नहुने र यदि कसैले दुसाहस गरे शशक्त प्रतिवाद गर्ने वताए । पछिल्लो समय बर्दिवास–३ मा रहेको खुल्ला चौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ कठ्ठा जग्गा माग गर्दै प्रक्रिया अगाडी बढाएको विषयप्रति पनि दलहरुले ध्यानाकर्षण जनाएका छन ।
खेलमैदानकोरुपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडी बढेपछी स्थानीयहरुले नदिने अडान राख्दै उक्त जग्गा स्थानीयहरुको हितमा उपभोग गर्न पाउनुपर्ने माग राख्दै आएका छन । सोही बिषयमा संचारमाध्यमवाट समाचार बाहिरिएपछी आज स्थानीय राजनीति दलहरुले एक बिज्ञप्ति जारी गर्दै उक्त जग्गा अतिक्रमण र अधिग्रहण नगर्न चेतावनी दिएका हुन ।
वडा अध्यक्ष बिराट बिष्टले दलिय प्रतिनिधिहरुको हस्ताक्षरसहित मंगलबार प्रकाशित विज्ञप्ति बोकेर ज्ञापनपत्र बुझाउन सरोकारवाला कार्यालयमा जाने वताए । नगरप्रमुख प्रल्हादकुमार क्षेत्री स्वयम विकृतितर्फ उन्मुख भएको दावि गर्दै नेकपा एमालेका नेता शंकर महतोले यस्लाई समयमा नै रोक्न नसके परिणाम अपेक्षा गरेभन्दा बाहिर जाने वताए ।
नेता महतोको तर्कलाई अन्य राजनीतिक दलका नेताहरुले समेत समर्थन गरेका छन । गलतलाई गलत भन्ने सवालमा सवैको धारणा साझा हुनुपर्ने नेपाली कांग्रे्रेसका क्षेत्रीय सभापति महेश झाको भनाई छ । रेल्वे निर्माणलाई लिएर ठुलो मात्रामा राज्श्व चलखेल भैइरहेको वताउदै माओवादी केन्द्रका नेता राजु खडकाले अर्को बैठक बसेर छानविन प्रक्रियालाई दवाव दिनुपर्ने धारणा राखे । पैसाको आडमा सार्वजनिक सम्पत्तिहरु दोहन भैइरहेको बिषयप्रती चिन्ता व्यक्त गर्दै अवैज्ञानिक र अवैधानिक दोहनले पर्यावरणमाथी नै ठुलो संकट सिर्जना हुँदै गएको उनको भनाई छ ।
मधेश प्रदेशमा नै छुट्टै पहिचान वनाउदै गएको बर्दिवासमा खानेपानीमा चरम संकट सिर्जना भैइरहेकोप्रती नेकपा एमालेका नगर अध्यक्ष तथा वडा अध्यक्ष काहारमान स्याङ्वाले ध्यानाकर्षण गराए । उन्ले सचिव र कोषाध्यक्षलाई बाहिर राखेर अनियमितता भएको स्वयम् पदाधिकारीवाट गुनासो आउँदा पनि राजनीति दलहरुले ध्यान नदिएकोप्रती चिन्ता ब्यक्त गरे ।
आइतवार अवैधानिक उत्तखननका कारण वनेको खाल्डोमा परेर १३ बर्षिय वालक रिदम बिश्वकर्माको मृत्यु भएकोप्रती पनि राजनिती दलहरुले ध्यानाकर्षण जनाएका छन । वडा नं. ७ वाट मामाघर वडा नं.६ जानेक्रममा उक्त वालकको खाल्डोमा परेर मृत्यु भएपछि स्थानीय सरकारको गैरजिम्मेवार देखिएको छ । हरेक बर्षायाममा खाल्डोमा परेर मृत्यु हुँदा पनि स्थानिय सरकारको वेवास्ता दुःखद भएको वताउदै मानव पासोकोरुपमा वनाइएको खाल्डोप्रती राजनीति दलहरुले गम्भीर ध्यानाकर्षण जनाएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार