शुक्लाफाँटा निकुञ्जमा पाटेबाघको संख्या बढदै
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १६:३७:३
१४ साउन, कञ्चनपुर । बासस्थानमा सुधार भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेर ३६ पुगेको छ । बासस्थानमा सुधार आएसँगै आहारा प्रजातिका जनावर प्रयाप्त हुनुका साथै चोरी शिकारी नियन्त्रणले पाटेबाघको सङ्ख्या बर्सेनि बढ्दै गएको हो ।
निकुञ्जमा भाले पाटेबाघ १२, पोथी १६ र अन्य आठ गरी ३६ वटा बाघ रहेका कार्यालयका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । उनका अनुसार ३६ मध्ये २८ बाघ क्यामेरा ट्रयापिङामा देखा परेका हुन् ।
सन् २०१९ अघिसम्म पाटेबाघको सङ्ख्या निकुञ्जमा १७ थियो । त्यसपछि बाघको सङ्ख्या बढ्दै गएर दोब्बर भएको ऐरले बताए । थोरै क्षेत्रफल भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा रहेको सूचना अधिकारी मनोज ऐरको भनाइ छ ।
“निकुञ्जको कोर क्षेत्रमा रहेको शुक्लाफाँटमा सबैभन्दा बढी बाघको घनत्व रहेको छ”, उनले भने, “त्यसपछि निकुञ्जको चौधर नदी आसपासको क्षेत्र, सिकारी ताल क्षेत्र बाघको बासस्थानका रुपमा रहेको छ ।” अनुगमनका क्रममा चुरे क्षेत्रमा पनि एउटा पाटेबाघ देखापरेको उनले जानकारी दिए ।
ऐरका अनुसार पाटेबाघको आहारा प्रजातिका लागि चरन क्षेत्रमा सुधार भएसँगै पानीको कमी हुन नदिन निकुञ्जभित्र कृत्रिम पोखरी निर्माण गरी निरन्तर रूपमा पानीको व्यवस्था गरिँदै आइएको छ । निकुञ्जमा ५५ बढी सानाठूला प्राकृतिक ताल छन् ।
“निकुञ्ज नजिकै भारतीय दुधुवा नेशनल पार्क पर्दछ । बाघले सीमा वारपार गर्ने भएकाले पनि कहिलेकाही बाघको सङ्ख्या कमबढी देखिन्छ । पाटेबाघ भारतीय लग्गा वग्गा नेशनल पार्क हुँदै पिलिभितसम्म ओहरदोहर गर्ने गरेको पाइएको छ”, ऐरले भने । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित वन्यजन्तु (अनुसूची १०) मा पाटेबाघ सूचीकृत छ ।
सन् १९७४ देखि मात्रै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ संरक्षण गर्न थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार पाटेबाघ मार्ने तथा यसका अङ्गको चोरी शिकारीमा संलग्न व्यक्तिलाई १५ वर्ष कैद र रु १० लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।
बाघ गणनाको कार्य भने सन् १९९९ देखि हुँदै आएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्र पाटेबाघको मुख्य बासस्थानका रूपमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार