रथी सिग्देल विरुद्धको रिट दरपीठ, भदौ २६ को बाटो खुल्यो !
नेपालबहस संवाददाता
साउन १४, २०८१ सोमबार १९:१०:४८
१४ साउन, काठमाडौं । केही दिनमै कायममुकायम प्रधानसेनापति बन्ने रोलक्रममा रहेका रथी अशोक सिग्देलको जन्ममिति विवादमा परेको निवेदनमाथि सर्वोच्च अदालतले दरपीठ गरेको छ । अदालतको क्षेत्राधिकार नभएको र आवश्यक प्रमाण नपुगेको भन्दै आइतबार दरपीठ गरेको हो । यो निर्णयसँगै सिग्देललाई सेनापति बढुवाका लागि बाटो खोलिदिएको छ ।
४५ औं प्रधानसेनापतिको रोल क्रममा रहेका सिग्देलले आगामी साउन २६ बाट निमित्तको जिम्मेवारी सम्हाल्ने छन् । शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा कीर्ते गरेर जन्ममिति सच्याएको भन्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि सर्वोच्चले साउन १३ गते आइतबार प्रमाण अभाव भन्दै निवेदन दरपीठ गरेको थियो । प्रधानसेनापति प्रभुराम शर्मा यही साउन २६ गतेबाट घर बिदामा बस्दैछन् । उनी भदौ २५ गते अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशमा जानुअघि नेपाली सेनाका प्रधानसेनापति एक महिना अघि घर बिदामा बस्ने प्रचलन रहेको छ ।
सिग्देलबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मंसिर ४ गते उजुरी परेको थियो । उनी उपरथी हुँदै उजुरी परेको भएपनि रक्षाले अहिलेसम्म छानवीन गरेको छैन । उजुरीबारे छानबिन गरेर जानकारी गराउन अख्तियारले ७ गते रक्षा मन्त्रालयलाई निर्देशन दिएको थियो । तर रक्षाले यो विषय अख्तियारलाई जानकारी दिएको छैन । नयाँ रक्षा मन्त्री मानवीर राईलाई भने यो विषय जानकारी समेत छैन । सचिव किरण शर्माले नै अख्तियारको पत्र लुकाएर राखेका छन् ।
उता सर्वोच्चमा परेको निवेदन भने दरपीठ भएको छ । ‘प्रमाण अपुग भएको र क्षेत्राधिकार पनि नमिलेका कारण दरपीठ गर्नुपरेको हो’, दरपीठ पत्रमा भनिएको छ ।
वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएका सिग्देलले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा २०२३ माघ १९ गते बनाएको स्रोतको दाबी छ । २०३९ सालको एसएलसीको प्रमाणपत्र, २०४० सालमा सुपिङ क्याम्पसमा भर्ना हुँदाको अभिलेख र त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उपरथी सिग्देलको जन्ममिति २०२१ चैत १९ गते रहेको उजुरीमा देखिन्छ । २०४० असोज ९ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकताको प्रमाणपत्रमा उमेर ‘१९ वर्ष’ र ढड्डामा ‘२०२१ साल’ उल्लेख छ । उपरथी सिग्देलले २०५८ जेठ ८ मा जाजरकोट जिल्लाबाट नागरिकताको प्रतिलिपि लिंदा कीर्ते गरेको स्रोतको दाबी छ। सिग्देलले निवेदन दिएपछि २०४३ साउन ३१ गते जन्ममिति परिवर्तन गरिएको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको चलानी नम्बर १४६७ को पत्रमा उल्लेख छ ।
त्यस्तै, २०७६ साउन ३० गते त्रिभुवन विश्वविद्यालयको अभिलेखमा उल्लिखित जन्ममिति २०२१ चैत १९ लाई केरमेट गरेर २०२३ माघ १९ गते बनाएको विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख छ । सिग्देलले एसएलसीको प्रमाणपत्रको प्रतिलिपि १२ नोभेम्बर २०१८ र १३ नोभेम्बर २०१८ मा लिएको देखिन्छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रेशन कार्डको प्रतिलिपि १५ अगस्ट २०१९ मा लिएको देखिन्छ ।
प्रमाणपत्र कीर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोल क्रममा रहेका रथी ताराध्वज पाण्डेले गत कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए । उपरथी पाण्डेको जन्ममिति विवाद आउँदा पनि शुरूमा जंगी अड्डाले प्रतिरक्षा गर्दै विज्ञप्ति निकालेको थियो । तर अख्तियारले छानबिनका लागि निर्देशन दिएको पत्र रक्षा मन्त्रालय हुँदै सैनिक मुख्यालय पुगेपछि रथी सीताराम खड्का नेतृत्वको समितिले छानबिन गरेको थियो । त्यसपछि पाण्डेले राजीनामा दिएका थिए ।
अहिले सिग्देलको जन्म मिति विवाद बारे पनि जंगी अड्डाले खण्डन गरेको छ । नेपाली सेनाले गत साता पत्रकार सम्मेलन गरेर बलाधिकृत रथी सिग्देलको नागरिकतामा जन्म मिति विवाद नरहेको प्रस्टीकरण दिएको छ । पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता गौरवकुमार केसीले रुपन्देहीमा सुरुमा लिएको नागरिकता प्रमाणपत्र, जाजरकोटबाट पछि लिएको प्रतिलिपि तथा उनको शैक्षिक प्रमाणपत्रमा उल्लिखित जन्म मितिमा कुनै विवाद नभएको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार