काठमाडौंको चुनदेबीबाट १० लाखसहित ९ जना जुवाडे पक्राउ
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १२:५९:४८
१५ साउन, काठमाडौं । काठमाडौंमा जुवातास खेल्दै गरेको अवस्थामा १० लाखसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरूलाई काठमाडौंको चुनदेबीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोप्य सुचनाका अधारमा काठमाडौं महानगरपालिका ४ चुनदेवीस्थित यमकुमारी आलेको घरमा तासजुवा खेलेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट १० लाख ११ हजार रुपैयाँ बरामद भएको छ । जुवा खेल्न प्रयोग भएको १३ वटा ओखर पनि बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ नगरपालिका-५ बस्ने २१ वर्षीय करिब देउला, सिन्धुपाल्चोकका ४६ वर्षीय अशोक लामा, ताप्लेजुङ घर भएका ३८ वर्षीय नारायण लाबुङ, काठमाडौं बसन्तपुरका २१ वर्षीय निलेश महर्जन, काठमाडौंकै ४५ वर्षीय राजेश श्रेष्ठ, बुढानिकण्ठकी ३३ वर्षीया सरिता देउला, काठमाडौं डल्लुका ४८ वर्षीय दीपक महर्जन, काठमाडौं कालिमाटीका ४८ वर्षीय विवेक महर्जन र काठमाडौं डल्लुकै ५२ वर्षीय प्रकाश शाही रहेको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा र क्रिप्टोमा ५५ करोडको कारोबार गर्ने एकजना पक्राउ
मंसिर १२, २०८१ बुधबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
आमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार