सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार १३:३३:३०
१५ साउन, बाँके । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चर्चामा आएको बाँकेको नरैनापुरस्थित सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा रहेको छ । साउन महिनामा सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र बिजुलीबत्ती नहुँदा दुःख कष्ट व्यहोर्नुपरेको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिए ।
“यहाँसम्म आउने बाटो राम्रो छैन, पानी पर्दा भक्तजनलाई ओत लाग्ने आश्रयस्थल छैन”, मुख्य पुजारी गुरु योगानन्द गिरीले भने, “गर्मीको समयमा लामो पैदलयात्रा गरेर आएका भक्तजनलाई खानेपानीको समेत व्यवस्था गर्न सकिएको छैन ।”
नेपालगञ्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ । पहाडको टाकुरामा सन्तानेश्वर मन्दिर रहेको छ । मन्दिरभन्दा करिब पाँच सय मिटर तल फुसले छाएको कच्ची छाप्रोलाई मन्दिरका मुख्य पुजारी गिरीले आश्रयस्थल बनाएको छ ।
सन्तानेश्वरमा तत्काललाई खानेपानी, बिजुलीबत्ती र भक्तजनका लागि आश्रयस्थल अत्यावश्यक छ । सन्तानेश्वर मन्दिर क्षेत्रका पूर्वाधार विकासमा स्थानीय सरकारले सहयोग गर्न नसकेको पुजारी गिरीको भनाइ छ । साउनमा सामूहिक रुपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्नेको यतिबेला दैनिक रुपमा लर्को लाग्ने गरेको छ । सोमबारको दिनमा नेपालको बाँके, बर्दिया, दाङलगायत छिमेकीमुलुक भारतको टाढा टाढाबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेको पुजारी गिरीले जानकारी दिए ।
साउनको महिनामा सोमबारे ब्रत बसेका महिला तथा युवायुवती दुःख कष्टका साथ सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको छ । पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने व्यवस्थित सडक नहुँदा कठिनाइ हुने गरेको नरैनापुरका स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए ।
बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि काम गरिने बताए । राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्गको काम यसै आर्थिक वर्षमा सुरु गरिने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
मंसिर ११, २०८१ मंगलबार
बदलिँदै दुर्गमको परिचय
मंसिर ११, २०८१ मंगलबार
पुल नबन्दा स्थानीयलाई सास्ती
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार