व्यावसायिक सीप विकासका कार्यक्रम पाठ्यक्रममा समावेश गर्नुपर्छ : अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
साउन १५, २०८१ मंगलबार २२:९:२१
१५ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यावसायिक सीप विकासका कार्यक्रम शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन् । अनेरास्ववियु जिल्ला कमिटी काठमाडौंले आज आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा उनले दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रमले विद्यार्थीलाई स्वरोजगार अभिवृद्धि गर्ने र उनीहरूको आम्दानी वृद्धि गर्ने विश्वास व्यक्त गरे ।
व्यावसायिक सीपका माध्यमबाट उनीहरूले जस्तोसुकै चुनौतीको सामना गर्नसक्ने बताउँदै अध्यक्ष नेपालले पास भएका विद्यार्थीमा सङ्कटसँग जुध्नसक्ने क्षमता एवं सामाजिक र देशभक्तिको भावना विकास भएको हुनुपर्ने विचार व्यक्त गरे । स्वदेशी शैक्षिक संस्थाले अन्तर्राष्ट्रिय तहका पाठ्यक्रमसँग समन्वय गरी शिक्षा क्षेत्रलाई प्रतिस्पर्धात्मक बनाउनुपर्ने जरुरी रहेको उनको भनाइ थियो ।
विद्यार्थीलाई खोज अनुसन्धानमा केन्द्रित गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले भने, “विद्यार्थीले कडा परिश्रम गर्नुपर्दछ, परिवार सङ्कटमा छ भने त्यो सङ्कटको साथी बन्नुपर्छ । संसारको कुनै कुनामा पुगे पनि म त नेपाली हुँ भन्ने भावना राख्नुपर्छ । देशभक्ति पूर्ण सोच निर्माण गर्नुपर्छ ।”
अध्यक्ष नेपालले पछिल्लो समयमा सूचना प्रविधिमा भएको विकासले ज्ञानको दायरा फराकिलो बनाएको, पठन शैलीलाई सहज बनाएको र विषयवस्तुको विश्लेषण तथा आलोचनात्मक समीक्षा गर्न विद्यार्थीलाई सहयोग पु¥याएको बताए । उनले जीवनमा जति सफलता प्राप्त गरे पनि विद्यार्थीले अभिभावक, गुरुवर्गलगायत मान्नुपर्ने मान्छेलाई सम्मान र आफूभन्दा सानालाई माया गर्नुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
पुष २२, २०८१ सोमबार
माओवादी बैठकः प्रचण्डको प्रतिवेदनमाथि अब १०० जनाले बोल्न बाँकी
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
जेल चलान भए विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी
पुष २२, २०८१ सोमबार