नेपाल आदर्श मावि ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित
नेपालबहस संवाददाता
साउन १६, २०८१ बुधबार १३:३:५०
१६ साउन, स्याङ्जा । स्याङजाको वालिङमा नीजि क्षेत्रबाट संचालित नेपाल आदर्श माध्यमिक विद्यालय सम्मानित भएको छ । एसईई नतिजामा उत्कृष्ट नतिजा दिन सफल भएको र राष्ट्रिय परिक्षा बोर्डको सिफारिसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो ।
चन्द्रलोक प्रतिष्ठानले सातै प्रदेशका उत्कृष्ट विद्यालयलाई सम्मान गर्ने क्रममा स्याङ्जाबाट आदर्श मावि सम्मानित भएको छ । विद्यालयका प्रिन्सिपल होमकान्त गौतमलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य अर्जुन नरसिंह केसीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
२०५४ सालमा स्थापना भएको विद्यालय गण्डकी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको छ । प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादन गर्दै आएको आदर्श माविले २०८० मा दिइएको एसईई परीक्षामा जिल्लामा मात्रै नभएर गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा दिन सफल भएको थियो ।
एसईई परीक्षामा उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै चन्द्रलोक प्रतिष्ठान काठमाडाैंले मंगलबार एक कार्यक्रममा विद्यालय र प्रिन्सिपललाई सम्मान गरेको थियो । भौतिक पूर्वाधार, प्रविधि व्यवस्थापन र गुणात्मक शिक्षाको संयोजनमा गण्डकी प्रदेशमै स्थापित बनेको आदर्श मावि जिल्लामै धेरै विद्यार्थी अध्यापन गर्ने र गराउनेमा पर्दछ ।
प्रतिष्ठनले देशभक्त, अदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भुमिका खेल्न सफलता मिलोस भन्दै ‘उत्कृष्ट शैक्षिक संस्था २०८१’ बाट सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले जानकारी दिए । उनका अनुसार सातै प्रदेशका १९ विद्यालय उत्कृष्ट शैक्षिक संस्थाको छनोटमा परेका थिए । सबै विद्यालय र प्रिन्सिपलहरुलाई सम्मान गरिएको कार्कीले बताए । सामाजिक उत्तरदायीत्वमा काम गर्दै आएको प्रतिष्ठानले शैक्षिक उन्नयनमा योगदान दिन सफल भएका विद्यालयहरूलाई मापदण्डका आधारमा सम्मान गर्दा थप हौसला प्रदान हुने विश्वास व्यक्त गरे ।
यो सम्मानले विद्यालयलाई अझै थप जिम्मेवारी र गुणस्तरीय शिक्षाको बोझ थपिएको विद्यालयका प्रिन्सिपल होमकान्त गौतमले बताए । शिक्षामा देखिएको चुनौतीलाई सामाना गर्दै गुणस्तरमा अझै निखार ल्याउने प्रतिवद्धता प्रिन्सिपल गौतमको थियो । झण्डै २१ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा झण्डै १ सय ५० जनाले रोजगारी समेत पाएका छन् । विद्यालयले आगामी दिन प्राविधिक उत्पादन हुने शिक्षा लागु गर्ने गरी अगाडि बढेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारत सरकारको सहयोगमा निर्मित क्याम्पस र छात्रावास भवन हस्तान्तरण
पुष २२, २०८१ सोमबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
पुष १५, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार
हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर
पुष २३, २०८१ मंगलबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार