नुवाकोटमा बाढीले सयौं रोपनी धानखेत बगरमा परिणत
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १२:२:३७
१७ साउन, नुवाकोट । कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ ।
स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ । “बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगरसहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको छ”, उनले भने, “दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खोला बगिरहेको छ भने चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको छ ।”
बाढीको कारण स्थानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो ।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताए । “प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई सहयोग गर्नेछौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनही २ लाखका दरले २३८ जना मृतकका परिवारलाई सरकारले दियो राहत, १२ परिवार बाँकी
कात्तिक ६, २०८१ मंगलबार
पुनःनिर्माणमा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको निर्देशन
कात्तिक २, २०८१ शुक्रबार
५४ वर्षयताकै सबैभन्दा बढी वर्षा: दुई सय ५० को मृत्यु, ४६ अर्ब बराबरको क्षति
कात्तिक २, २०८१ शुक्रबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी नउठ्ने रविको बठ्याई
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले २५ दिन माग्दा पौडेलले ७ दिनमा मात्र थपे म्याद, हिरासतमै वित्ने भो रविको तिहार
कात्तिक ८, २०८१ बिहिबार
ट्राफिकले लाइेसन्स र ब्लुबुक नियन्त्रणमा लिएकोप्रति अदालतबाट कारण देखाऊ आदेश जारी
कात्तिक ८, २०८१ बिहिबार
जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल
कात्तिक ९, २०८१ शुक्रबार
विद्युतको पैसा नतिर्ने उद्योगको प्राधिकरणले फेरी काट्यो लाइन
कात्तिक ९, २०८१ शुक्रबार
भारतमा चक्रवाती आँधी 'दाना': ३०० उडान र ५५० भन्दा बढी रेल रद्द
कात्तिक ९, २०८१ शुक्रबार
भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग
कात्तिक ९, २०८१ शुक्रबार
उपप्रधानमन्त्री पौडेसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट
कात्तिक ९, २०८१ शुक्रबार
रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने
कात्तिक ९, २०८१ शुक्रबार