जनतामा जानु अघि माओवादीका अध्यक्ष प्रचण्डलाई पूर्वप्रदेश प्रमुख राजेश अहिराजका ८ प्रश्न ?
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १६:५९:४७
१७ साउन, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दश वर्ष लामो सशस्त्र विद्रोह र त्यसपछि सरकारमा बसेको समयमा गरेका कामको विवरण सार्वजनिक गर्न माग गर्दै पूर्व प्रदेश प्रमुख राजेश अहिराजले ८ प्रश्न सोधेका छन् । उनले अब जनतामा जानुअघि जनतासमक्ष सार्वजनिक गर्नुपर्ने विषय उठान गरेका छन् । आफूले गरेका काम जानकारी गराएर मात्र जनतामा जानुपर्ने उनको सुझाव छ ।
अहिराजले प्रचण्डलाई सशस्त्र युद्धको आवश्यकता र औचित्य पुष्टिगर्न भनेका छन् । सशस्त्र युद्धका समयमा जनताबाट लुटिएको सम्पति कहाँ छ भनेर प्रश्न गरेका छन् । सरकारमा रहँदा जनताको नामबाट कर उठाएर अनधिकृत रुपले कमाएको सम्पति देश र विदेशका कुन कुन बैंकमा राखिएको छ त्यसको पनि जनतामा जुनअघि विवरण दिनुपर्ने माग गरेका छन् ।
आफूले प्रत्यक्ष भेटेर माग राख्ने समय नपाएको भन्दै उनले फेसबुकमार्फत माग राखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले सरकारबाट विदा भएपछि जनतालाई बुझाउन गाउँ जाने बताएका थिए । अहिराजले प्रचण्ड जनता भेट्न गाउँ जानुअघि सबै प्रश्नको उत्तर दिनुपर्ने बताएका छन् । आफ्ना आफन्त र परिवारका सदस्यहरूलाई राजनीतिमा नियुक्त दिनुको कारण र उनीहरुले यसबाट कमाएको सम्पती पनि जनतामा सार्वजनिक हुनुपर्ने माग राखेका छन् ।
यस्ता छन अहरिाजले प्रचण्डसामू राखेका मागः
प्रचण्डजीलाई भेटेरै सल्लाह दिने मन थियो । देशी च्यानलले समय मिलाउन सकेन र विदेशी च्यानलसम्म मेरो पहुच भएन । भेट हुन सकेन् । तै पनि उहाँलाइ समाजिक सञ्जालबाटै आग्रह गरे । जनतामा जानुअघि प्रचण्डजीलाई नमागेको सुझाव ।
(१) तपाइले कुनकुन बिदेशीसँग कुन कुन हतियार र कति पैसा मागेर आफ्नै देशको नागरिक नरसंहारको अभियान थाल्नु भो ? देश र जनतालाई प्रस्ट हुने गरी बेलैमा बताइदिनुस ।
(२) तपाइको अगुवाइमा लुटिएको धन, हतियार र अन्य सम्पत्ति अहिले कहाँ र कस कस्को जिम्मामा छ । माओवादी नेता कार्यकर्ता र आफन्तको नाममा विदेशतिर कुन कुन बैकमा कति कति पैसा छ ? सार्वजनिक गर्नुस ।
(३) तपाइले आफ्नो परिवारलाई दिनुभएको राजनीतिक नियुक्तिको सूची बनाउने र सबैलाई फिर्ता बोलाउने ।
(४) कुन कुन विदेशीलाई कस्को कस्तो पत्र, सम्झौता र बाचा गर्नु भएको छ । सरकारमा हुँदा गरिएको पत्राचार समेत ।
(५) आफू र आफ्नो परिवारको सदस्यहरूको नाममा रहेको सबै सम्पत्ति (पैत्रिकबाहेक) लाई राष्ट्रीयकरण गर्नुस ।
(६) माओवादी आन्दोलनको आडमा अपराध गर्ने, जनतासँग हिंसा गर्ने, विदेशी दलाली गर्ने, धनमाल लुट्ने अन्य नेता/ कार्यकर्ताको नाम र कामहरू सार्वजनिक गर्नुस ।
(७) अब उप्रान्त आफू कुनै सरकारी पदमा नजाने र जनताको अहितमा केही नगर्ने र कसैलाइ गर्न नदिने ।
(८) बिदेशीको लहलहैमा लागेर आफूले देश र जनता विरुद्ध गरेका र बाध्य भएर गर्नु परेका सम्पूर्ण दुष्कर्मबारे जनतालाई बताउँदै माफी माग्ने । अनि बल्ल जनतामा गएको ठिक होला । तपाइको अगामी दिन शुभ रहोस र देशको पक्षमा रहोस ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार
एनपीएलको टिकट आजदेखि खुला
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार