तुल्सीलालको उच्च नैतिकता र चरित्रबाट भावी पुस्ताले प्रेरणा लिनुपर्छः पूर्वराष्ट्रपति भण्डारी
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार २१:१७:४९
१७ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तुल्सीलाल अमात्यको उच्च क्रान्तिकारी नैतिकता र चरित्रबाट वर्तमान तथा भावी पुस्ताले प्रेरणा लिनुपर्ने बताएकी छन् । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आज आयोजना गरेको तुल्सीलाल अमात्यको २७औँ स्मृति दिवसको कार्यक्रममा उनले नेपाली राजनीतिमा हाल देखापरेको वैचारिक निष्ठा, आदर्श एवं नैतिक आचरणमा क्षयीकरणको भइरहेको बेला तुल्सीलाल अमात्यले जीवन पर्यान्त सिद्धान्त र आन्दोलनप्रति दर्शाउनुभएको त्याग, आदर्श, आचरण, सादा जीवनशैली र अध्यनशीलताबाट वर्तमान युवा पुस्ताले प्रेरणा लिनुपर्नेमा जोड दिइन् ।
उनले नेता अमात्यले आजीवन गाउँका निमुखा किसान, मजदुर एवं आम श्रमजीवी वर्गप्रति देखाउनुभएको वर्ग पक्षधरता, सद्भाव र समर्पण भावलाई एक कम्युनिष्ट नेतामा हुनैपर्ने अपरिहार्य गुणका रूपमा लिन सकिने बताइन् । पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन तुल्सीलालको महत्वपूर्ण योगदान रहेको उनले चर्चा गरिन् ।
“नेपालमा जहानीयाँ राणाशासन तथा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्रको स्थापनाका लागि भएका हरेक आन्दोलनहरूमा सहभागी हुने सिलसिलामा तुल्सीलाल अमात्यले कयौँ पटक गिरफ्तारीमा पर्नुका साथै जेलजीवन बिताउनुभएको थियो भने तत्कालीन शासकहरूले उहाँको सर्वश्वहरण समेत गरेका थिए”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “तथापि, उहाँ कम्युनिष्ट आदर्शबाट कहिल्यै विचलित हुनु भएन, बरु निस्वार्थ त्याग र समर्पणका साथै स्वच्छ राजनीतिक मूल्य र मान्यताका साथ निरन्तर रूपमा आन्दोलनमा लागि रहनुभयो ।”
उनले २००९ सालतिर तुल्सीलालको अगुवाइमा बारा, रौतहट र सर्लाही जिल्लामा ऐतिहासिक किसान आन्दोलन भएको उल्लेख गर्दै लाखौँ किसानको सहभागिता रहेको उक्त आन्दोलनको सिलसिलामा करोडौँ रूपैयाँ बराबरका जाली तमसुक च्यात्ने काम भएको बताइन् ।
“विसं २०६२/६३ सालमा भएको शान्तिपूर्ण जनआन्दोलनद्वारा स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीअन्तर्गत आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता, नागरिक अधिकार र समावेशिता कसैको निगाहबाट सहज रूपमा प्राप्त भएका होइनन”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “यी परिवर्तन र उपलब्धिहरू तुल्सीलाल अमात्यलगायत हजारौँ नेता कार्यकर्ताको अटूट सङ्घर्ष, त्याग र बलिदानको लामो शृङ्खलापश्चात् मात्र प्राप्त भएका हुन् भन्ने यथार्थलाई वर्तमान पुस्ताले कदापि बिर्सनुहुँदैन । ”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नवीकरण नभएका सङ्कलित हतियार बुझाइँदै
पुष २४, २०८१ बुधबार
बादलुको घुम्टोभित्र घोराही र देउखुरी
पुष २४, २०८१ बुधबार