राष्ट्रिय परिचयपत्र बनाउँदा अब जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार २१:२३:३०
१७ साउन, काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ ।
सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाई रहेका सबै कार्यालयलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक, सांस्कृतिक तथा जातीय पहिचान जनाउने पहिरन लगाउन बाधा नपर्ने उल्लेख गरिएको छ ।
विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्रको जैविक विवरण लिने र आवश्यक कागजातका सम्बन्धमा रहेका द्विविधा हटाइ सेवा प्रवाहलाई सरल, सहज तथा थप प्रभावकारी बनाउन पनि मातहतका सबै कार्यालयलाई निर्देश गरिएको जानकारी दिए ।
उनले पठाएको चारबुँदे परिपत्रमा राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गर्दा व्यक्तिले पेस गरेको नागरिकताको प्रमाणपत्र बाहेकको अन्य कागजात राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा ‘स्क्यान’ गरी प्रविष्ट गर्ने प्रयोजनका लागि सम्भव भएसम्म सक्कल वा छायाँप्रतिमा सम्बन्धित व्यक्तिले सक्कलबमोजिम नक्कल ठीक छ भनी प्रमाणित गरेका आधारमा दर्ता प्रक्रिया अगाडि बढाउन भनिएको छ ।
यस्तै व्यक्तिको नागरिकतामा केही विवरण स्पष्ट नभएका खण्डमा अभिलेखबाट रुजुगरी विवरण दर्ताको व्यवस्था मिलाउन पनि भनिएको छ । कार्यालयमा अन्य जिल्लाका नागरिकले समेत राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न आवेदन पेस गरेमा विवरण दर्ताको व्यवस्था मिलाउन परिपत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवलपरासी आलुमा आत्मनिर्भर
पुष २२, २०८१ सोमबार
अतिक्रमित जग्गा फिर्ता नहुँदा माछा पोखरी असुरक्षित, अवैध संरचना भत्काउने तयारी
पुष २२, २०८१ सोमबार
बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
आगामी माघ दोस्रो सातादेखि ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता हुने
पुष २२, २०८१ सोमबार
भुटानी शरणार्थी प्रकरणः प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्चको आदेश
पुष २२, २०८१ सोमबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार